असोज १४, मलेसिया । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् ।

मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त पौडेललाई बधाई दिनुका साथै मलेसियामा स्वागत गरे । राजदूत पौडेल र शिष्टाचार महापाल अतनले नेपाल र मलेसियाबीचमा रहिआएको ऐतिहासिक सम्बधका बहुआयामिक पक्षमा छलफल समेत गरे ।

भेटमा दुई पक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै अघि बढ्ने बारे छलफल भएको थियो ।

Related News