Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरी-१ मा गठबन्धनबाटै दुई उम्मेदवार, दुवैकाे दाबी- आफू आधिकारिक

२०७९, २५ आश्विन मंगलवार ०९:०१

असोज २५, काठमाडौं । महोत्तरी-१ मा गठबन्धनबाटै दुई जनाकाे उम्मेदवारी परेकाे छ । क्षेत्र नम्बर १ 'क' मा गठबन्धनभित्रकाे नेकपा एसबाट सुरेश राउत र लोसपाका पितम्बर महतोले उम्मेदवारी दर्ता गरेका हुन् ।

दुवै उम्मेदवारले आफुहरू गठबन्धनको साझा उम्मेदवार दाबी गरेका छन् । तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार काे हाे भनेर निर्णय गरिसकेकाे छैन । गठबन्धनका वरिष्ठ नेता सरत्दसिंह भण्डारीले भनेर नै उम्मेदवारी दर्ता गराएको महतोको दाबी छ भने राउतले पनि अध्यक्षको निर्देशन मानेको बताउदै आएका छन् ।


निर्णयानुसार महोत्तरी क्षेत्र १ 'क' कांग्रेस र 'ख' मा माओवादीले पाउने तय भएको थियो । तर, लोसपाको उम्मेदवार नै साझा उम्मेदवार भएको बताउँदै एकाएक महतोले टिकट पाएको हल्ला चलेपछि नेकपा एसका राउतले पनि मनोनयन दर्ता गराएका थिए ।

अहिले नेकपा एसका राउत वा लोसपाका महतोमध्ये कसलाई ब्याक गराउने भन्ने विषयमा छलफल भैइरहेको गठबन्धनका नेताहरूले जानकारी दिए ।

नेता राउतले भने अध्यक्ष माधव नेपालले भनेर नै टिकट ल्याएर मनोनयन दर्ता गरेको हुनाले ब्याक नहुने बताएका छन् । मतदाताको हिसाबले हो भने 'क' कांग्रेसले पाउनु पर्ने हो । तर, उनीहरूले नपाएपछि नेकपा एस नै यसकाे प्रमुख दावेदार भएको उनकाे बुझाइ छ ।

गठबन्धनभित्रैका नेता राजन ढुंगानाले पनि स्वतन्त्र उम्मेदवार दर्ता गरेका छन् । क्षेत्र नम्बर १ मा गठबन्धनभित्रै विवाद सिर्जना भएपछि कसरी मिलाउने भन्ने विषयमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

क्षेत्र नम्बर १ ख मा पनि गठबन्धनविरुद्ध गठबन्धनभित्रैका नेताहरूले बागी उम्मेदवार दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै