Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोजगारीका लागि रोमानिया पुगेका एक युवकलाई नेपालीले नै कुटेर कोमामा पठाए

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २०, काठमाडौँ | वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका झापा भद्रपुरका विकाश तिम्सिना कुटपिटबाट गम्भीर घाइते भई कोमा (अचेत अवस्था)मा त्यहाँ उपचाररत छन्।

भद्रपुर नगरपालिका– ८ स्थित फूलबारी टोल निवासी २६ वर्षीय विकाश रोमानियाको टिमिसोराआ हस्पिटलमा १८ दिनदेखि अचेत अवस्था उपचाररत रहेका छन्।

कार्तिक ३० गते करिब राति १० बजेको समयमा विकाशलाई ६ देखि ७ जना नेपाली युवाहरूले बाटामा छेकेर निर्घात रूपमा कुटपिट गरेका थिए।

उनीहरूले छोराको टाउकोमा बोतल प्रहार गरी गम्भीर घाइते बनाएको भनी खबर आएको उनका बुबा कुमार तिम्सिनाले बताए।

‘छोरालाई कोमा राखेर उपचार भइरहेको भनी परिवारलाई थाहा नै थिएन,’ उनका बुबा तिम्सिनाले भने, ‘चार दिनअघि मात्र विकाशसँगै त्यहाँ बस्दै आएका साथीले फोन गरेर घटना सुनायो। घटना सुन्ने बित्तिकै हामी मुर्छा पर्‍यौं।'

विकाशलाई नेपाली युवाहरू नै किन र के कारणले कुटपिट गरेको भनी उनको साथीले पनि घटना खुलाएर भन्न नसकेको उनको भनाइ छ।

घरको जेठो छोरा विकास पढाइ पूरा गरी ६ महिनाअघि मात्र रोमानिया गएको थियो। अहिले छोराको स्वास्थ्य अवस्था कस्तो छ, कुन हालतमा छ। त्यहाँ गएर बुझ्ने हामीसँग सामर्थ्य पनि छैन।

सरकारको पहलमा रोमानियास्थित नेपाली राजदूतावासले सहजीकरण गरिदिए कम्तीमा घटनाको सत्य तथ्य बाहिर आउँथ्यो,’ उनले भने, ‘अब सरकार वा सम्बन्धी निकायले सहयोग गरिदिनु पर्‍यो।

ग्लोबल म्यानपावर सामाखुसी काठमाडौँबाट २०७९ जेठ ८ गते विकाश रोमानियाका लागी उडेका थिए। नेपाली करिब ७ लाख रूपैयाँ खर्चिएर होटेलमा पिज्जा बनाउने काममा उनी रोमानिया गएको परिवारको भनाइ छ।