पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर २९, काठमाडौँ । दक्षिण कोरियामा एक नेपाली युवक सुतेकै ठाउँमा मृत फेला परेका छन् ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी घर भई दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगर मृत फेला परेका हुन् ।

बेलुका राम्रैसँग सुतेका मगरको हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने बताइएको छ । मगर केही दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेकाथिए ।

उनी करिब पाँच वर्षअघि कोरिया गएका थिए ।