पुस १७, जापान | टोकियोकोमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । टोकियोको इकेबुकुरोमा बस्दै आएका नेपाली युवा मृत अवस्थामा भेटिएका छन् ।

विद्यार्थीका रुपमा २०२२ को जुलाईमा जापान आएका धनकुटाका २८ वर्षीय अनिस कटुवाल आफू बस्दै आएको कोठाको बाथट्युबमा आइतबार बिहान मृत अवस्थामा भेटिएको उनका साथीले जानकारी दिए ।

कोठामा संगै बस्दै आएका दुई जना साथी नयाँ वर्ष मनाउन गएराति बाहिर गएको र बिहान कोठामा फर्कँदा कटुवाल बाथट्युबमा तैरिएको अवस्थामा मृतक भेटिएको बताइएको छ ।

मृत भेटेपछि साथीहरूले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली दूतावाससँग समन्वयपछि बाँकी प्रक्रिया अगाडि बढाउन लागिएको जनाएको छ ।