Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै झण्डै २ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २१, काठमाडौँ | वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै झण्डै २ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा धुलाबारी घर भइ अहिले काठमाण्डौको कीर्तिपुर बस्दै आएका ३२ वर्षीय हेमसागर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले समीर तामाङ नाम गरेका एक व्यक्तिलाई कतारको प्रतिष्ठित कम्पनीमा महिनाको लाखौँ कमाइ हुने काम लगाइदिने भन्दै पीडितबाट एक लाख ७२ हजार रुपैयाँ लिएर फरार रहेका थिए ।

पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा भण्डारीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

थप अनुसन्धान तथा कारबाहीको लागि भण्डारीलाई वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।