Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मलेसिया रोजगारको क्रममा रहेका आचार्य सुतेकै अवस्थामा अस्ताए

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ८, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा पाँच बर्ष अघि मलेसिया पुगेका एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ । सुनसरी इनरुवा, राम्-धुनी नगरपालिका ८ घर भएका विक्रम आचर्यको बैदेशिक रोजगरीको सिलसिलामा मृत्यु भएको हो ।

आचार्य विगत पाँच बर्षदेखी मलेसियामा कार्यरत रहेका थिए । भनेजस्तो काम नभएको कारण कम्पनी परिवर्तन गरेर अबैधानिक मलेसिया बस्दै आएका आचार्य अवैधानिक भएकै कारण घर समेत नगई लामो समयदेखि मलेसियामै कार्यरत रहेको हुनसक्ने बताइएको छ । उनि मलेसियाको क्वालालाम्पुर क्षेत्रमा सेक्युरिटी गार्डको रुपमा कार्यरत रहँदै आएका थिए ।

मलेसियाबाट अविरल बहादुर क्षेत्रीले दिएको जानकारी अनुसार आचार्यको हिजो सुतेकै अवस्थामा मृत्यु भएको छ । मृतक अवैधानिक रुपमा मलेसिया बस्दै आएको हुनाले उनको शव यथासक्य नेपाल फर्काउन समस्या हुनसक्ने हुँदा सम्बन्धित पक्षले मलेसियास्थित नेपाली दुतावास र नेपाल सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।