2026-09-08 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा जनवरी तेस्रो सातामै ५ जना नेपालीको मृत्यु

माघ १०, काठमाडौँ | जापानको फुकुओकामा एक नेपाली युवाको असामयिक निधन भएको छ । गुल्मी घर भई हाल जापान बस्दै आएका २० वर्षीय युवकको निधन भएको हो ।

उनी जापानमा गुल्मीबाट तीन वर्षअघि आएका थिए । यहीँ जनवरी १७ तारिकबाट सम्पर्कविहिन भएका उनी आइतबार मृत फेला परेका थिए । उनका साथीहरूका अनुसार उनले आत्महत्या गरेका हुन् ।

उनले गत वर्ष ओसोजमा नेपाल गएर विवाह समेत गरेको बुझिएको छ । केहीँ समयदेखि जीवन र परिवारका बारेमा दिक्कदारी बताउँदै आएका उनले के कारणले यस्तो अप्रिय निर्णय गरे भन्नेबारे कुनै कारण खुलेको छैन ।

उनको मृत शवलाई जापान प्रहरीले लिएको छ । परीक्षण पश्चात् जापानस्थित नेपाली राजदूतबासमार्फत शव नेपाल पठाइने उनी अध्ययनरत विद्यालयले जानकारी दिएको छ ।

जापानमा जनवरी तेस्रो साता नबित्दै पाँच जनाको निधन भएको हो। २०२३ को पहिलो महिनाको तेश्रो साताभित्रै पाँच जना नेपालीको मृत्यु भएको हो ।

जनवरी २०२३ को पहिलो दिन नै एक नेपाली युवाको टोकियोमा मृत्यु भएको थियो । त्यस पश्चात् जनवरी १५ तारिख, गिफुमा उपचार गराइरहेका अर्का एक नेपालीको उपचारकै क्रममा निधन भएको थियो ।

त्यसै गरि टोकियो बस्दै आएका रुपन्देहीका अर्का एक युवाको पनि मृत्यु भएको थियो । यद्यपि उनको बारेमा भने कुनै जानकारी सार्वजनिक गरिएन । त्यसपछि २१ तारिख शनिबार कावासाकीमा अर्का नेपालीको पनि उपचारकै क्रममा निधन भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम