दोलखाको सिंगटीबाट ४ किलो सुनसहित तीन जनालाई पक्राउ

Posted on: 28 Sep, 2023

असोज ११, दोलखा | प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार साँझ दोलखाको विगु गाउँपालिका–३ जामुने स्थित सिता तामाङको घरमा लुकाइ राखेको सुन जस्तो देखिने चार थान बिस्कुट सहित तीन  जनालाई पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा विगु गाउँपालिका–३ का १८ वर्षीय पेम्बा तामाङ, २८ वर्षीय केशर तामाङ र  विगु– १ का २० वर्षका माधव मगरलाई  पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिंगटीले जानकारी दिएको छ । 

तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन सिंगटीमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय दोलखबाट प्रहरी नायव उपरीक्षक दीपक खड्काको कमान्डमा टोली खटिएर अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!