डोल्पामा भेटियो नयाँ ताल, तिलिचोभन्दा पनि अग्लो स्थानमा रहेको दाबी

Posted on: 04 Sep, 2023

भदौ १८, काठमाडौँ | विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालभन्दा पनि उचाइमा रहेको अर्को ताल डोल्पामा भेटिएको डोल्पाका जनप्रतिनिधिहरुले दाबी गरेका छन् ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका वडानम्बर ६ फालगाउँमा तिलिचो ताल रहेको उचाइभन्दा पनि अग्लो स्थानमा नयाँ ताल फेला पारेको सो पालिकाका जनप्रतिनिधिहरुले दाबी गरेका हुन् ।

तिलिचो ताल समुद्र सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा छ । सबैभन्दा उचाइमा रहेको रेकर्ड हालसम्म तिलिचोकै नाममा छ । तर डोल्पाको फालगाउँमा भेटिएको ताल समुद्र सतहदेखि ५ हजार १९० मिटर उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष नुर्बु डम्डुल गुरुङले दाबी गरे । जसलाई स्थानीय बासिन्दा ‘कुन्ख्येन फालक’ नामले चिन्छन् । यो ताल नेपाल-चीनको सीमा नजिक रहेको डोल्पो बुद्ध गाउँपालिका-६ का वडाध्यक्ष नुर्बु डम्डुल गुरुङको दाबी छ । 

आफूहरुसँग भएको जीपीएसबाट ताल रहेको स्थानको उचाइ ५ हजार १९० मिटर मापन गरेको वडाध्यक्ष गुरुङले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!