४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णाली–रारा भ्रमण बर्ष उद्घाटनमै सिमित

२६ भाद्र २०७५, मंगलवार १३:४५

भदौ २६, सुर्खेत | कर्णाली प्रदेश सरकारले निकै तामझामका साथ सुरु गरेको ‘कर्णाली–रारा भ्रमण बर्ष–२०७५’ उद्घाटनमै सिमित भएको छ । प्रधानमन्त्री केपी ओलीले बैशाख १ गते नयाँ बर्षको अवसरमा मुगुको रारा तालबाट भ्रमण बर्षको उद्घाटन गरेको पाँच महिना बित्दा पनि अरु कुनै कार्यक्रम हुन सकेको छैन । यो पाँच महिनामा कर्णाली सरकारले पर्यटन प्रवद्र्धनका लागि विभिन्न ३ स्थानमा होडिङ बोर्ड राख्नु बाहेक अरु कुनै गतिविधी सञ्चालन गर्न सकेको छैन ।

विभिन्न ६ वटा स्थानमा होडिङ बोर्ड राख्ने गरी योजना र बजेट बनाएको कर्णाली प्रदेश सरकारको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले अझै सबै स्थानमा होडिङ बोर्ड समेत राख्न सकेको छैन । मन्त्रालय परिसर, सुब्बाकुना र हर्रेमा होडिङ बोर्ड राखे पनि रानीमत्ता, कोहलपुरमा होडिङ बोर्ड राख्ने कार्य भई रहेको मन्त्रालयका निमित्त सचिव शिवराम अधिकारीले बताए ।

बार्षिक पाँच लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यका साथ सुरु गरिएकोकर्णाली भ्रमण बर्षले गति लिन नसक्दा विपक्षीहरुलाई सरकारको आलोचना गर्ने बिषय बनेको छ । झण्डै ६४ लाख रुपैयाँ खर्चेर उद्घाटन गरिएको कार्यक्रम निश्प्रभावी बन्ने देखिएको छ । कुनै कार्य योजना बिना नै कार्यक्रम उद्घाटन गरिएकाले अपेक्षाकृत सफलता हाँसिल हुन नसकेको सरकारका अधिकारीहरुले बताएका छन् ।

कर्णाली–रारा भ्रमण बर्षका लागि प्रदेश सरकारले चालु आर्थिक बर्षमा एक करोड बजेट विनियोजन गरेको छ । तर, त्यो कजेट कसरी खर्च गर्ने भन्ने बारे कुनै कार्ययोजना बनाएको छैन । मन्त्रालयले कार्यक्रम कार्यान्वयन कार्यविधी बनाई लागूकाम गर्न लागेको कर्णाली प्रदेश सरकारकोपर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव शिवराम अधिकारीले बताए । ‘बजेट कार्यान्वयनका लागि मन्त्रालयले कार्यविधी बनाई रहेको छ’ उनले भने, ‘कार्यविधी निर्माण पछि पर्यटन प्रबद्र्धनका क्रियाकलापले गति लिनेछ ।’

पर्यटकको तथ्याङ्क छैन

एक बर्षमा पाँच लाख पर्यटक कर्णाली प्रदेशमा भित्र्याउने लक्ष्यका साथ सुरु गरिएको कर्णाली रारा भ्रमण बर्षको झण्डै आधा अवधी वित्न लाग्दासम्म कति पर्यटक कर्णालीमा आए भन्ने तथ्याङ्क कुनै निकायसंग छैन । भ्रमण बर्षको आयोजना गर्ने प्रदेश सरकार समेत यहाँका आएका पर्यटकको संख्याबारे बेखवर रहेको छ । ‘यो अवधीमा कति पर्यटक आए हामीसंग पनि तथ्याङ्क छैन’ मन्त्रालयका निमित्त सचिव अधिकारीले भने, ‘स्थनीय स्तरमा नै सम्बन्धित निकायलाई तथ्याङ्क राख्न भनिएको छ मन्त्रालयले एकमुष्ट बनाउने काम गर्नेछ ।’ आफ्नो संयन्त्र नभएका कारण पर्यटकको तथ्याङ्क संकलन गर्न नसकिएको उनले बताए ।

भ्रमण बर्षको मुख्य आकर्षक मानिएको मुगुको रारा ताल गएका पर्यटकहरुको तथ्याङ्क रारा राष्ट्रिय निकुञ्ज, सुर्खेतको बुलबुले र काँक्रेबिहार आउने पर्यटकहरूको तथ्याङ्क नगरपालिकाले संकलन गर्दै आएकोले ती निकायहरुसंगको समन्वयमा मन्त्रालयले तथ्याङ्क लिने योजना बनाएको निमित्त सचिव अधिकारीले बताए । केही कानूनी जटिलताका कारण पनि पर्यटन गतिविधीहरु गर्न नसकिएको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ