४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

नेकपाको जनजागरण अभियान

८ आश्विन २०७७, बिहीबार ०४:४९

असोज ८, डोटी । जिल्लाको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिविरुद्ध एक महिने छानबिन तथा जनजागरण अभियान थालेको छ । नेकपाको शिखर नगर सङ्गठन कमिटीको बैठकबाट उक्त एक महिने छानबिन तथा जनजागरण अभियान गर्न थालेको हो । विशेषतः कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका समयमा रोग नियन्त्रण तथा व्यवस्थापनका नाममा शिखर नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै उक्त छानबिन अभियान चलाएको हो ।

आर्थिक अनियमिततासँगै बन्दै गरेको कार्यालय भवनको मापदण्ड र निर्माण सामग्री प्रयोगका विषयमा विवाद भएको र सो विषयमा आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा चलाईएको नेकपाको आरोप छ । निर्माणसम्बन्धी इजाजत पत्र नविकरण गर्दा जनप्रतिनिधीले अनियमितता गरे पनि आफ्ना समर्थकलाई आरोप लागेपछि एक महिने छानबिन तथा जनजागरण अभियान सञ्चालन गरेको नेकपाका सुदूरपश्चिम प्रदेश सदस्य लालबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा भएका आर्थिक अनियमितताका विषयमा उजागर गर्दा र अनियमितता नगर्न सल्लाह दिँदा उल्टै मुद्दा खेपाउने, धम्काउने प्रबृति बढेकाले हामीले छानबिन तथा जनजागरण अभियान चलाएका हौँ, कसैको व्यक्तिगत रिसले होइन कानूनसम्बत होस् भन्ने हाम्रो चाहना हो ।”

सत्तारुढ दल नेकपाले औपचारिक निर्णय गरी एक महिने छानबिन तथा जनजागरण अभियान चलाएको देशमै शिखर नगरपालिका पहिलो भएको नेकपा शिखर नगर कमिटी अध्यक्ष सागर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “शिखर नगरपालिकामा छानबिन तथा जनजागरण अभियान चलाएको देशैभरी पहिलो स्थानीय तह हो, नगरभित्र भएका भ्रष्टाचार विरुद्ध सप्रमाणसम्बन्धित निकायमा उजुरी दिँदासमेत सुनुवाइ नभएपछि हामीले यो अभियान चलाएका हौँ ।” नेकपाले उक्त नगरपालिकाका ११ वटै वडामा छानबिन अभियान सञ्चालन गरिने जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ