चैत २, काठमाडौं | ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २, काठमाडौं | ब"/>
२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजपनि प्रतितोला १ हजारले बढ्यो सुन, किन उकालो लाग्दैछ सुनको भाउ ?

२०७९, २ चैत्र बिहीबार ०५:३४

चैत २, काठमाडौं | बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १९ गते सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।अमेरिकाको सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएयता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागिरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।

अमेरिकाको बैंकिङ क्षेत्रमा केही खराबी देखिँदा लगानीकर्ताले सुनको माग बढाएपछि मूल्य बढेको जानकारहरु बताउँछन्। अन्तराष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा पनि समायोजन हुन्छ। अमेरिकाको सिलिकन भ्याली बैंक बन्द भएयता सुनको भाउ क्रमिक रुपमा उकालो लागेको छ। साथै आइतबारदेखि अर्को बैंक सिग्नेचर पनि बन्द भएको छ। अमेरिकी बैंकिङ क्षेत्रमा खराबी देखिँदा स्टक मार्केटमा त्यसको असर पर्नुले सुनको मूल्यमा प्रभाव देखिएको हो।

त्यसो त विश्व अर्थतन्त्र नै यतिबेला थिलथिलो अवस्थामा छ। कोरोना महामारीका बेला विश्वका विभिन्न देशमा भएको लामो लकडाउन र इन्धन भण्डारका रूपमा रहेका रुस र युक्रेनबीचको युद्धका कारण यतिबेला विश्व अर्थतन्त्र नै ओरालो अवस्थामा रहेको हो। यहीबेला अमेरिकाको अर्थतन्त्र पनि खतराको सूचकतर्फ रहेको चर्चा चल्न थालेपछि फेरि विश्व बजार तरंगित भएको छ, जसको असर सुनचाँदीको मूल्यमा पनि परेको हो।

निक्षेपमा १५ वर्षयताकै सर्वाधिक गिरावट आएपछि अमेरिकी बैंकहरूले निक्षेप दर बढाउने निर्णय गरेका छन्। गत वर्ष प्रणालीबाट २७८ अर्ब डलर निक्षेप निस्किएका कारण बैंकहरूले डिपोजिट रेट बढाउने घोषणा गरिसकेका छन्। फेडरल रिजर्भले ब्याज दरहरू माथि उठाउँदै गर्दा निक्षेपकर्ताहरूले न्यून प्रतिफलको बचत दर छाडेर ट्रेजरी बिलहरू जस्ता उच्च-लाभदायी विकल्पमा लगानी गर्न थालेका छन्। 

यतिबेला अमेरिकामा फेड रेट बढेर ४.७५ प्रतिशत पुगेको छ, जुन सन् २००७ यताकै उच्च हो। त्यहाँ महँगी दर ६.४ प्रतिशत पुगेको छ। क्यापिटल वन फाइनान्सियल इंकसहित एक दर्जनभन्दा बढी अमेरिकी बैंकहरूले अब एक वर्षको मुद्दती निक्षेपमा ५ प्रतिशतसम्म ब्याज दिने प्रस्ताव गर्दै छन्। दुई वर्ष अघिको कुरा हेर्दा यस्तो दर अकल्पनीय रूपमा उच्च मानिन्थ्यो।

गत फेब्रुअरीसम्म एक वर्षको मुद्दतीमा १.३६ प्रतिशत ब्याज दिँदै आएका थिए। वार्षिक औसत डेढ प्रतिशत ब्याज थियो। त्यही ट्रेजरी बिलहरूको प्रतिफल झन्डै ५ प्रतिशतसम्म थियो। ठूला बैंकहरूले पनि दबाब महसुस गरिरहेका छन्।यसैको असर नेपाली सुनचाँदी बजारमा पनि देखिएको छ। यो साताको सुरुवातदेखि नै नेपाली बजारमा सुनको मूल्य अनपेक्षित रूपमा बढिरहेको हो।

बढेको मूल्यसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ५ हजार २०० रुपैयाँ निर्धारण भएको छ। सोमबार तेजाबी सुनको भाउ तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो। 

यता, मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम रहेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य पनि अमेरिकी अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव सुनचाँदी बजारमा परेको बताउँछन्।

'अमेरिकामा आर्थिक संकट जस्तो देखिएको छ। त्यसको प्रभाव विश्वभर नै पर्छ। अमेरिकाको अर्थतन्त्रमा देखिएको समस्याको छालले विभिन्न क्षेत्रमा असर गरिरहेको छ। त्यसैले सुनमा लगानी बढ्न गएको छ। र, त्यसको प्रभाव नेपालमा पनि देखिएको छ,' उनले भने। कोरोना कालमा उद्योगधन्दा प्रभावित हुँदा पनि मानिसले आफ्नो लगानी सुरक्षित गर्दा सुनमा लगानी गरेको र अहिले पनि त्यस्तै अवस्था देखिएको उनको प्रतिक्रिया छ। अहिले अमेरिकन अर्थतन्त्र खतरामा पर्ने डरले ठूला व्यापारिले आफ्नो लगानी सुरक्षित गर्न सुनतर्फ आकर्षित भएको देखिन्छ।

विश्व आर्थिक परिघटनामा तत्काल सुधार हुने संकेत नरहेकाले अझै सुनको मूल्य बढ्नसक्ने उनको चिन्ता छ। 'अहिले नै यस्तै हुन्छ भन्न नसकिएला। तर, सुनको मूल्य बढ्छ। अहिले एक औंस सुनको मूल्य १९ सय डलर पुगेको छ। त्यो मूल्य बढेर तीन/चार हजार डलर हुनसक्ने सम्भावना छ भनेर अनुमान गरिएको छ। १९ सय लडर हुँदा त यस्तो छ। तीन/चार हजार डलर हुँदा कति होला हामी सहजै अनुमान लगाउन सक्छौं,' उनले भने। उनले अवस्था सहज हुन केही समय लागे पनि अहिले नै केही भन्न नसकिने तर्क गरेका छन्।

नेपाली बजारमा भने मूल्य बढ्दा नकारात्मक असर पर्ने शाक्यको विश्लेषण छ। नेपालीको आयस्तर न्यून भएकाले एक लाख भन्दा माथि सुनको मूल्य पुग्दा किन्न नसक्ने र त्यसले बजारमा ठूलो असर गर्ने उनले बताए। 'हाम्रो आम्दानी त्यो अनुपातमा बढ्दैन र यसरी मूल्य बढ्दै जाँदा हामीले सुन किन्न सक्दैनौं। त्यसैले मूल्य बढेर नेपाली बजारमा ऋणात्मक असर पुग्छ। अहिले नेपालको अर्थतन्त्र पनि कमजोर बन्दै गइरहेको विष्लेषण हुन थालेको छ। यसको प्रभाव र महँगिदो सुनको मूल्यको प्रभाव नेपाली बजारमा पर्ने प्रस्ट देखिन्छ,' उनले भने। सुन किन्नेहरूले आफ्ना दैनिक आधारभूत आवश्यकता पूरा गरेर सुन किन्ने गरेकोमा पछिल्लो समय मूल्य बढ्दा कारोबार थला पर्ने उनी बताउँछन्।

अहिले सुनमा हुने लगानी पनि मोबाइल र बाइकतर्फ बढी गइरहेको उनको विष्लेषण छ। यसका साथै पुरानो सुन भएकाहरू भने नाफामा पर्ने उनले बताए। 'पहिले सस्तोमा ठूलो परिमाणममा सुन किनेर राखेकाहरूलाई भने यसले फाइदा पुर्‍याउँछ। उनीहरूले हजारमा किनेको सुन लाखमा पुग्दा एकै पटक आर्थिक रुपमा सबल पनि बनाइदिन सक्छ,' उनले भने।

यसका साथै नेपालमा सुन आपूर्तिमा समस्या रहेको उनले बताए। 'अहिले विश्वका विभिन्न देशले डलरलाई भन्दा पनि सुनलाई प्राथमिकतामा राखेका छन्। हाम्रो देशमा सुन किन्नै नपाउने अवस्था छ। हामीले राष्ट्र बैंकमार्फत सुन किन्नुपर्छ र त्यसमा पनि कोटा तोकिएकोछ। त्यसलाई सरकारले चाँडो पुनर्विचार गरेर सुनको सञ्जिति बढाउँदै लैजानुपर्छ। त्यसो गर्न सकिएमा नेपालको अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्नेमा म विश्वस्त छु,' उनले भने।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश