2026-10-11 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी

चैत ४, काठमाडौँ | योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म रु पौने चार अर्ब दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु तीन अर्ब ७८ करोड भुक्तानी गरेको हो । 

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ । 

कोषले औषधोपचार सुविधाबापत रु ४४ करोड ५९ लाख ९६ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधाबापत रु पाँच करोड ४५ लाख १७ हजार, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत रु छ करोड ४६ लाख ६३ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत रु तीन अर्ब २१ करोड ६५ लाख ७१ हजार दाबी भुक्तानी गरेको छ । कोषले ६८ हजार ३६ योगदानकर्तालाई एक लाख छ हजार चार सय ५८ पटक विभिन्न शीर्षकमा दाबी भुक्तानी गरेको छ । 

कोषमा हालसम्म तीन लाख ९९ हजार एक सय ९२ श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख ७० हजार २९, कोसीबाट ३८ हजार आठ सय ६८, मधेसबाट २१ हजार दुई सय ४१, गण्डकीबाट १५ हजार दुई सय १७, लुम्बिनीबाट १४ हजार ८६, सुदूरपश्चिमबाट एक हजार पाँच सय २६ र कर्णालीबाट एक हजार दुई सय २५ श्रमिक कोषमा आबद्ध भएका छन् । 

कोषमा १७ हजार सात सय ३४ रोजगारदाता सूचीकृत छन् । हालसम्म रु ३० अर्ब ७९ करोड योगदान रकम सङ्कलन भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी