2026-10-11 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ब्याजदरको विषयमा अर्थमन्त्रीको चासो : ‘घटाउन सकिन्छ ?’

चैत २०, काठमाडौँ | बैंकको ब्याजदरको विषयमा अर्थमन्त्री डा.प्रकाश शरण महतले चासो देखाएका छन् । उच्च ब्याजदरका कारण बजारमा तरलता प्रवाह कम भई उद्योग व्यापार तथा व्यवसाय सञ्चालनमा समस्या भएको भन्ने व्यवसायीको गुनासो बढेपछि अर्थमन्त्री डा.महतले सोमबार बैंकर्ससँग छलफल गरेका हुन् । 

नेपाल बैंकर्स संघ (एनबीए) का पदाधिकारीहरूसँग छलफल गरेका अर्थमन्त्री डा.महतले ब्याजदर घटाउन सकिन्छ कि सकिँदैन भनेर चासो राखेका छन् । 

‘उच्च ब्याजदरका कारण उत्पादनमा जान व्यापार व्यवसाय गर्न गाह्रो भयो भन्ने व्यवसायीको गुनासो छ । बजारमा तरलताको प्रवाह नै हुन सकेन भन्ने गुनासो छ । वास्तविकता के हो तपाईँहरू नै बढी जानकार हुनुहुन्छ । अहिलेको ब्याजदरमा केही कम गर्न सकिने ठाउँ छ ?’ जिज्ञासा राख्दै अर्थमन्त्री डा.महतले भने । यदि ब्याजदर घटाउने ठाउँ भए बिचार गर्न बैंकर्ससँग आग्रह गरे ।

सोही अवसरमा अर्थमन्त्री डा. महतले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन आफूले नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वयन गरेर अगाडि बढ्ने समेत प्रतिबद्धता जाहेर गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी