2026-08-22 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालीगण्डकी करिडोर: दुई मोटरेबल पुल निर्माण

चैत २१, पर्वत | उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन् । 

करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ जोड्ने गरी सेतीखोलामा तथा स्याङ्जा खण्डको १० किलोमिटर सडकमध्ये कालीगण्डकी गाउँपालिका–७ र गल्याङ –५ जोड्ने गरी आँधीखोलामा पुल निर्माण गरिएको आयोजनाका इञ्जीनियर पवित्रमणि आचार्यले जानकारी दिनुभयो ।

आँधीखोलाको पुल निर्माण गर्न रायमाझी÷राजेश्वरी÷पिटीआर अधिकारी जेभीले विसं २०७७ असार ३० गते सम्झौता गरेको थियो । पचास मिटर लम्बाइको सो पुल रु नौ करोड ६२ लाख ७९ हजार ९३.२९ मा बनेको हो । यस्तै सेतीखोलामा निर्माण भएको ‘ट्रस्टब्रिज’  मुक्तिनाथ÷सुयान जेभीले रु पाँच करोड ८६ लाख ८२ हजार ९८.१६ मा पुल निर्माण गरेको हो ।  

यस्तै करिडोरअन्तर्गत पाल्पा–गुल्मी–बागलुङ खण्डको कालोपत्र गरिरहँदा पर्वत–स्याङ्जा खण्डमा निर्माणले तीव्रता पाएको छ । सो खण्डको ५३ किमीमा स्याङ्जा खण्डमध्ये मिर्मी–सेतीबेनी सडकको सात किमी महादेव खिम्ती÷अन्जना÷पराजुली जेभी लमजुङले निर्माणको जिम्मा लिएको थियो ।

करिडोरको पर्वत खण्डमा ४३ किमी र स्याङ्जामा १० किमी पर्दछ । पर्वत खण्डमा छ किमी कालोपत्र हुँदा १७ किमी कालोपत्रको अन्तिम तयारीमा रहेको छ । थप २० किमीको ठेक्का निकाल्ने तयारीमा रहेको इञ्जीनियर आचार्यले बताउनुभयो । करिडोरको पर्वत–स्याङ्जा खण्डको मिर्मी, सेतीबेनी, रानीपानी, कुर्घा, फलेवास, अर्मादी खण्डको सडक निर्माणले पर्वतको कालापानी भनेर चिनिने दक्षिण क्षेत्रका लाखौँ नागरिक लाभान्वित हुने भएका छन् । करिडोर हुँदै बुटवल, पाल्पा, नारायणगढ, मुस्ताङ र सदरमुकाम कुश्मा जाने यात्रुलाई समेत सहज हुने भएको छ ।

निर्माण कम्पनीले सडक चौडा गर्ने, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रे गर्ने गरी विसं २०७७ भदौ १२ गते सझौता गरेको थियो । रु २१ करोड ९८ लाख छ हजार एक सय ९० मा साढे दुई वर्षमा सक्ने गरी सम्झौता भएकामा ५० प्रतिशतमात्र काम भएको उहाँले बताउनुभयो । 

विस्फोट गरेर बाटो निर्माण गर्नुपर्ने हुँदा काममा केही ढिलाइ भएकाले एक वर्ष समय थपेर काम अगाडि बढाइएको उहाँले बताउनुभयो । यस्तै मिर्मी–सेतीबेनी सडककै तीन किमी काष्ठमण्डप÷कली÷मनकामना जेभीले रु आठ करोड ८६ लाख ८७ हजार सात सय ७१ मा सम्झौता गरेको छ । विसं २०७७ माघ ७ गते सडक चौडा, नाली निर्माण, टेवा पर्खाल र कालोपत्र गरी ३० महिनामा सक्ने गरी निर्माण कम्पनीले सम्झौता गरेकामा ६५ प्रतिशत काम सकेको आयोजनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो