2026-06-21 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीमा मै पहिलो माटो परिक्षण प्रयोगशाला स्थापना

दान बहादुर बढा | असोज ७, मुगु | कर्णालीमा मै पहिलो चोटी माटो परिक्षण प्रयोगशालाको शुक्रबार उद्घाटन गरिएको छ ।

कृषि मन्त्रालय अन्र्तरगत माटो व्यवस्थापन निर्देशनालयमा निर्देशक दुर्गा दुवाडी र प्रमुख जिल्ला अधिकारी केशर प्रसाद शर्माले शुक्रबार संयुक्त रुपमा रिवन काटेर जिल्ला कृषि विकास कार्यालय मुगुको परिसरमा स्थापना गरिएको माटो परिक्षण प्रयोगशालाको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै निर्देशक दवाडीले नेपालका ७५ जिल्ला मध्यमा मुगुमा पहिलो माटो परिक्षण प्रयोगशाला स्थापना भएको र यो आर्थीक बर्षमा देशका ३५ जिल्लाहरुमा यस्ता प्रयोगशाला स्थापना गर्ने निर्देशनालयको लक्ष्य रहेको बताउनु भयो । मुगु विकट,दुर्गम तथा हिमाली जिल्ला भएपनि देशका अन्य जिल्ला मा भन्दा पहिलो माटोको उर्वराशक्ति परिक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने जिल्ला भएको छ ।

प्रयोगशालाको उपयोगिताको पहिला चरणमा मुगु जिल्ला भरीका २४ गाविसका २४० ठाँउको माटो नमुनाको रुपमा प्राविधिकहरुले लिने छन । यसरी नमुना लिएको माटो प्रयोगशालामा परिक्षण गरेर विष्लेषण गरिने छ र अन्तमा विष्लेषणबाट प्राप्त नतिजाको आधारमा निर्देशनालयले मुगु जिल्लाको विभिन्न ठाँउको माटोमा रहेको उर्वराशक्ति नक्साङ्कन गरि पुस्तक प्रकाशन गर्नेछ । यसरी उर्वराशक्ति नक्साङ्कन भएमा जिल्लामा कृषिसंग सम्वन्धित योजना बनाउन सजिलो हुने र कृषिका योजनामा आउने अनावश्यक दवाव पनि कम हुने उहाँले बताउनु भयो ।

जिल्लामा प्रयोगशाला स्थापना भएसंगै कृषकहरुले आफनो जग्गा जमिनको माटो कस्तो छ । कति मल राख्नु पर्छ । कुन मौषममा कुन खेती गर्दा उर्वर हुन्छ जस्ता कुराको ज्ञान सजिलै पाउने छन ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी केशव प्रसाद शर्माले ७५ जिल्ला मै पहिलो प्रयोगशाला स्थापना भएपनि भावी दिनहरुमा प्रयोगशाला मै सिमित नराखि यसलाई स्थायी रुपमा संचालन गरि राख्न स्थानिय स्तर मै प्रयोगशाला विज्ञ उत्पादन तिर अहिले नै लाग्नु पर्ने बताउनु भयो । हाल जिल्ला कृषि विकास अधिकृत एवं माटो विज्ञ डाक्टर चन्द्रप्रसाद रिसाल हुनहुन्छ केही समय प्रयोगशाला रामै्र चल्ला तर हामी कर्मचारी हौ जतीखेर पनि कतै सरुवा वा जागिरबाट अवबास हुन सक्छौ । त्यो समयलाई परिपुर्ती गर्न अहिले देखि नै जनशक्ति जिल्ला मै उपलब्धताका लागी लाग्न उहाँले स्थानिय राजनैतिक दल,स्थानिय निकायहरुसंग आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै वरिष्ठ कृषि विकास अधिकृत डा चन्द प्रसाद रिसालले जिल्लामा स्थापना गरिएको प्रयोगशालामा सुष्म खाद्य तत्व बाहेक माटोका सबै प्रकृति परिक्षण गर्ने बताउनु भयो । जिल्लामा उपलब्ध रहेका कृषि प्राविधिकहरुलाई माटो परिक्षण सम्वन्धी सबै ज्ञान सिकाउने पनि उहाँले बाचा गर्नु भयो । 

मुगु जिल्लामा १२ हजार मेट्रीटन खाद्यन्न बार्षिक आवश्यक पर्ने भएपनि यहाँ बार्षिक ११ हजार मेटी्रटन अन्न उत्पादन हुने गरेपनि सधै खाद्यन्न अभाव हुने गरेको छ । यहाँ कुल जमिन मध्य ७ प्रतिशत भन्दा कमी जमिन खेतीयोग्य रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ