2026-10-11 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आरकेडी होल्डिङ्सले आइपियो जारी गर्ने

चैत २८, काठमाडौँ | आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो ।  

कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आइपिओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी १२ प्रतिशत शेयर दिने गरी आइपिओ जारी हुनेछ । यसबाहेक संस्थापक शेयरधनीहरुलाई १० प्रतिशत अग्राधिकार शेयर जारी गर्ने भएको छ । 

कम्पनीको अधिकृत पूँजी दुई अर्ब रहेको छ भने जारी पूँजी एक अर्ब ५० करोड रहेको छ । कम्पनीमा संस्थापक शेयर पूँजी ७८ प्रतिशत रहेको छ । आरकेडी  होल्डिङअन्तर्गत बन्दीपुर एन्ड टुरिज्म लिमिटेडले पहाडकी रानी भनेर चिनिने बन्दीपुरमा केबुलकार र पाँचतारे होटल, स्काई वाक, बन्जी, जिपलाइन लगायतका पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ । पञ्चासे केबुलकार एन्ड टुरिज्म लिमिटेडमार्फत कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पर्यटकीयस्थल पञ्चासेमा र बुढीमाँ छिम्केश्वरी केबुलकार लिमिटेडमार्फत तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी