2026-10-11 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

बैशाख ४, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार नेप्से परिसूचक २३ दशमलव ६४ अङ्कले ओरालो लागेर एक हजार नौ सय आठ दशमलव शून्य चारमा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमव ७८ अङ्कले ओरालो लागेर तीन सय ६२ दशमलब ९६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । 

आजको कारोबारमा कूल ३१ लाख ४४ हजार पाँच सय ७३ कित्ता शेयर रु ९२ करोड ७८ हजार पाँच सय ७१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएकामध्ये २३ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय ८८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । 

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड दुई लाख ४३ हजार छ सय ४२ बराबरको कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु चार करोड ३३ लाख ३६ हजार पाँच सय, एनआइसी एशिया बैंक रु तीन करोड ११ लाख ५६ हजार सात सय ४३, माछापुच्छ्रे बैंक रु दुई करोड ६७ लाख छ हजार सात सय ४० र हिमालयन डिस्टिलरी रु दुई करोड ६३ लाख सात हजार सात सय ४४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार घटेको बजारमा आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ । यस्तै, कालिञ्चोक दर्शन नौ दशमलब ९८, मैलुङ हाइड्रोपावर कम्पनी नौ दशमलब ९६, सिभिल बैंकको ऋणपत्र छ दशमलब १० र सामलिङ पावरको शेयर मूल्य चार दशमलव ९९ प्रतिशतले बढेको छ । 

सनराइज ब्ल्यूचिप फण्ड छ दशमलब २५, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलब  १४, उन्नति सहकार्य लघुवित्त चार दशमलव ३४, उपकार लघुवित्त चार दशमलव २१ र कालिका लघुवित्तको शेयर मूल्य चार दशमलब १० प्रतिशतले घटेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी