2026-10-11 10:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

९ महिनामा नेपालबाट ३७ करोड ५२ लाख रूपैयाँको पानी निर्यात

बैशाख ७, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३७ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको पानी निर्यात भएको छ । भन्सार विभागका अनुसार ५९ लाख ५० हजार ८८३ लिटर पानी निर्यात भएको हो ।  सोही अवधिमा ७९ लाख ३८ हजार रुपैयाँ बराबरको ५९ हजार ३९९ लिटर पानी आयात भएको छ ।  

नेपालको पानी जर्मन, भारत, जापान, अस्ट्रेलिया र भुटानमा निर्यात भएको छ । सबैभन्दा बढी पानी भारतमा ३७ करोड ४८ लाख ९५ हजार रुपैयाँ बराबरको ५९ लाख ४५ हजार ५२७ लिटर निर्यात भएको विभागको तथ्यांक छ । गत वर्ष यसै अवधिमा १५ करोड ५७ लाख ८७ हजार रुपैयाँ बराबरको २७ लाख ५६ हजार १२ लिटर पानी निर्यात भएको थियो । गत वर्ष अष्ट्रेलिया, फ्रान्स, जापान, कतार, युएई, पोल्याण्ड, युके र भारतमा निर्यात भएको थियो ।

विभागका अनुसार गत वर्ष पनि सबैभन्दा धेरै भारतमा १५ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । सोही अवधिमा ५६ लाख ३० हजार रुपैयाँ बराबरकाे पानी आयात भएको छ । ४६ हजार २८ लिटर पानी चीन, भारत, जापानलगायत विभिन्न मुलुकबाट आयात गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी