2026-09-08 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखामा ग्रामीण सडकको अव्यवस्था

असोज १०, गोरखा । गोरखा सदरमुकामदेखि आरुघाट, भच्चेक, बारपाकलगायत विभिन्न ३२ ग्रामीण सडकमा विगत छ महिनादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । 

गत वैशाखदेखि ग्रामीण सडक अवरुद्ध भएका थिए । छिटो वर्षा भएकाले यसवर्ष ग्रामीण सडक विगतका वर्षको तुलनामा लामो समय अवरुद्ध हुँदा गाउँका जनता हिँड्न बाध्य छन् भने खाद्यान्न, निर्माण सामग्रीको ढुवानी ठप्पजस्तै भएको छ । 

मध्यपहाडी लोकमार्गको आरुघाटदेखि घ्याम्पेसाल खण्डमा हिलैहिलो छ । ट्र्याक्टर, फोरहुइल ट्रक तथा यात्रुबाहक बस सञ्ंचालन भएका छैनन् । 

सदरमुकामदेखि घ्याम्पेसालसम्मको बाटो पनि हिलोले गर्दा सवारी आवागमनमा समस्या हुँदै आएको छ । “गोरखा सदरमुकाम, बेनीघाट र धादिङका सडक हिलो हुँदा सामान ढुवानी गर्न पाएनौँ” आरुघाटका व्यापारी गणेश श्रेष्ठले गुनासो गर्नुभयो–“व्यापार चौपट भयो ।” आरुघाटबाट उत्तरी भेगका विभिन्न १३ गाविसमा दैनिक उपभोग्य सामग्रीहरु ढुवानी गरिन्थ्यो । पसलमा सामान नहुँदा बिक्री घटेको श्रेष्ठको भनाइ छ । 

गोरखा–आरुघाट सडक विगत पाँच वर्षअघि रु १४ करोड लगानी गरी ग्राभेल गरिएको थियो । ती सडक अहिले खाल्डैखाल्डामा रुपान्तरण भइसकेका छन् । यसवर्ष विगत वर्षको तुलनामा धेरै वर्षा हुँदा सडक क्षेत्रमा ठूलो पहिरो झरेको छ । 

त्यस्तै सदरमुकाम, काठमाडौँबाट छुटेका सवारी भच्चेक, हर्मी, बुङ्कोट, नाम्जुङ, बोर्लाङ, घैरुङ, मनकामनालगायत क्षेत्रमा पुग्न सकेका छैनन् । भच्चेकसम्मको सडक सञ्चालन नहुँदा हंसपुर, खरिबोट, केरावारी, मुच्चोकसहित पूर्वी लमजुङको विचौर, दूधपोखरी, इलिमपोखरीका वासिन्दा ठूलो मर्कामा परेका छन् । 

ग्रामीण सडक अवरुद्ध भएपछि भूकम्पपछिको पुनःनिर्माणको काम ठप्प छ । निर्माण सामग्रीको ढुवानी गर्न नसक्दा पहिलो किस्ता बुझेका भूकम्प प्रभावितले पनि घर बनाउने काम थाल्न पाएका छैनन् । “छोप्राक–भच्चेक सडकखण्डमा हिलैहिलो छ” छोप्राकका कालिका पोखरेलले भन्नुभयो – “रातोमाटोमा गाडीका टायर चिप्लिन्छ ।” 

साथै सदरमुकामदेखि १२ किमी क्षेत्रभित्र रहेको बुङ्कोट पुग्ने बाटो हिलैहिलो हुँदा सवारी आवागमन हुन सकेको छैन । असार अन्तिममा सडक स्तरोन्नतिको काम गरिँदा ग्राभेल गरिएका सडक पुनः हिलोमा परिणत हुँदा सवारी चल्न नसकेका हुन् । 

सदरमुकामदेखि सौरपानी, ताकुकोट, बारपाक, लाप्राक, गुम्दा, घ्याच्चोक, सिम्जुङ, मुच्चोक, श्रीनाथकोटलगायत क्षेत्रमा विगत छ महिनादेखि यात्रुबाहक बस सञ्चालनमा आउन सकेको छैन । यस्तै क्षेत्र नं १ का ताक्लुङ, घैरुङ, मकैसिङ, मनकामनालगायत गाविसमा पनि ग्रामीण सडक पहिरोले गर्दा अवरुद्ध छ । 

हिन्दूहरुको महान् चार्ड दसैँ तिहार मुखमा आएका बेला ग्रामीण सडक मर्मत सुरु गरिएको छैन । जिल्लास्थित सडक कार्यालयले ग्रामीण सडक मर्मतका लागि सूचना जारी गरिसकेको भए पनि आकासे पानी अझै नथामिएकाले सडक मर्मतको काम सुरु नभएको हो । ग्रामीण सडक अवरुद्ध हुँदा सयभन्दा बढी सवारी गुडाउन नसकिँदा व्यवसायीलाई दिनहुँ लाखौँ घाटा परेको यातायात व्यवसायी समिति गोरखाले जनाएको छ । 

जिल्लास्थित सडक कार्यालयका प्रमुख प्रेमप्रकाश खत्रीले आउँदो तीन वर्षभित्र १५० किमी सडक कालोपत्रेको योजना रहेको भन्दै कालापत्रे नगरेसम्म ग्रामीण सडक हिउँदमा धुलो र बर्खामा हिलो हुने बताउनुभयो । बारपाक, आरुघाट, भच्चेकलगायत सडक कालोपत्रे गर्ने योजनामा रहेका छन् । 

स्थानीय विकास अधिकारी नारायण आचार्यले दसैँ अगाडि नै ग्रामीण सडक मर्मत गर्ने बताउनुभयो । राजनीतिक परामर्श समितिको आइतबारको बैठकले सबै ग्रामीण सडकमा बस चल्न सक्ने बनाउने निर्णय गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो