2026-10-11 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मलेसियन रिँगेट निरन्तर कमजोर, कति छ आज ?

जेठ १३, काठमाडौं । वैदेशिक रोजगारको लागि नेपाली युवाहरुको आकर्षक गन्तव्य राष्ट्र मलेसियाको मुद्रा मलेसियन रिँगेट निरन्तर कमजोर बन्दै गएको छ । तीन साताअघि एक रिँगेटको २९ रूपैयाँ ४९ पैसामा कारोबार भएकोमा शुक्रबार नेपाल राष्ट्र बैंकले एक रिँगेट बराबर २८ रूपैयाँ ८७ पैसामा कारोबार भएको छ । आज बिदाको दिन भएकोले आज पनि उही रेट कायम छ । 

निरन्तररूपमा रिँगेट कमजोर भएपछि मलेसियाको केन्द्रीय सरकारी बैंक नेगारा मलेसिया (बीएनएम)ले रिँगेट गिरावटको पछाडि आन्तरिकभन्दा बाह्य कारकहरू जिम्मेवार रहेको  बताएको छ । बैंक नेगारा मलेसियाले अमेरिकी डलर र सिंगापुर डलरजस्ता प्रमुख मुद्राको तुलनामा रिँगेटमा आएको तीव्र गिरावट ‘बाह्य घटनाक्रम’को कारणले भएको र मलेसियाको अर्थतन्त्रमा कमजोरीको संकेत नभएको समेत दाबी गरेको छ ।

मलेसियालगायत अधिकांश विकासशील अर्थतन्त्रहरूबाट लगानीकर्ताको बहिर्गमन र  लगानीकर्ताहरूले आफ्नो लगानीको सुरक्षा गर्न खोज्दा अमेरिकी डलर बलियो र रिँगेट कमजोर हुने बैंक नेगारा मलेसियाको भनाइ छ । तर मलेसियामा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले मलेसियामा सरकार र प्रतिपक्षीबीच सम्बन्ध मैत्रीपूर्ण नभएको कारणले मलेसियामा विदेशी लगानीमाथि जोखिम बढाएको टिप्पणी गरेका छन् ।

नयाँ योजना ल्याउनुभन्दा वर्तमान सरकार निवर्तमान प्रधानमन्त्री अब्दुल रज्जाकका पालामा भएको भनिएको भ्रष्टाचारविरूद्ध मात्रै केन्द्रित भएकोले विदेशी लगानी पलायनको बाटोमा रहेको उनीहरूको भनाइ छ । नयाँ लगानी नआउने र विदेशी लगानी पनि पलायनको बाटोमा गए रोजगारी घट्ने उनीहरूले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी