2026-10-11 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पशुपतिनाथ मन्दिरमा जलहरी राखेको विषयको छानबिन नरोकिने

जेठ १४, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेशदत्त लेखकले जलहरीको विषयमा माओवादी सांसदले संसदमा उठाएको विषय संसदको रेकर्डबाट हटे पनि पशुपतिनाथ मन्दिरमा जलहरी राखेको विषयको अनुसन्धान नरोकिने स्पष्ट पारेका छन् ।

उनले संसदमा सांसदहरुलाई पूर्ण वाक् स्वतन्त्रता हुने भन्दै संसदमा बोलेका कारण कुनै मुद्दा चलाउन नपाइने नियम रहेको बताए । तर यस्तो स्वतन्त्रता हुँदाहुँदै पनि यसका केही सीमा भने रहने उनको भनाई छ । असंसदीय शब्दावलि र घृणास्पद अभिव्यक्ति सांसदहरुले दिन पाउँदैनन् । लेखकले संसदीय मर्यादाभित्र बसेर बोल्नुपर्ने बताए । 

लेखकका अनुसार सांसदमा अभिव्यक्ति दिएका माननीय दाहालले विगतमा पनि भ्रष्टाचारका घटना भएका थिए भन्ने भावलाई संरक्षण गर्दै प्रतिपक्षी दलको नेतालाई इंगित गरेर बोलेको पशुपतिको सुन हो कि पित्तल हो र ओम्नीको दुई अर्ब रुपियाँ भ्रष्टाचार भएको भन्ने अंश संसद रेकर्डबाट हटेको हो । उनले सबै कुरा अध्ययन अनुसन्धान नभईकन त्यसलाई किटानी गर्न नमिल्ने बताए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि उनले भने ।

प्रमुख सचेतक लेखकले जहलरीको विषय पशुपति क्षेत्रविकास कोषको क्षेत्राधिकारमा पर्छ । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको उनको भनाई छ । यस सम्बन्धमा सर्वोच्चमा समेत मुद्दा छ । लेखकले भने ‘तीन दल मिलेर छानबिन रोक्न मिल्दैन, रोकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी