2026-09-08 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखामा स्याउले बजार पाएन

असोज ११, गोरखा । ल्हो गाविस– ५ का छेवाङ नर्वु लामाको बारीमा लटरम्म स्याउ पाकेका छन् । बारीका पाँच बोटमा फलेका स्याउ बिक्री नहुँदा कुहिने अवस्थामा पुगिसकेको छ । हाँगा भाँचिएला जस्तै गरी स्याउ फले पनि बिक्री गर्न भने सकिएको छैन । 

“दुःख गरेर स्याउका बोट हुर्काइयो, स्याउ बिक्री हुँदैन, के गर्नु रु,” लामाले भन्नुभयो । लामाको मात्रै होइन, उत्तरी गोरखाका ल्हो, प्रोक, बिहीलगायत गाविसका किसानका बारीमा राताम्मे भएर अहिले स्याउ पाकेको छ । तर बिक्री हुन सकेको छैन । 

“मनास्लु पदमार्गमा पर्यटक हिँडे फाट्टफुट्ट स्याउ बिक्री हुन्छ,” लामाले भन्नुभयो । पदमार्गको आसपासमा खुलेका होटलमा स्याउ बिक्रीका लागि राखिएको भए पनि बिक्री नहुँदा किसान चिन्तित छन् । पाकेको स्याउ सदरमुकाम तथा काठमाडौँ पु¥याउन सके मनग्य आम्दानी हुने किसान बताउँछन् । 

सडक पहुँच नहुँदा स्याउ ढुवानी गर्न सकिएको छैन । मनास्लु संरक्षण क्षेत्र आयोजना र जिल्ला कृषि विकास कार्यालयले बर्सेनि स्याउका बिरुवा बाँड्ने गरेका छन् । यस वर्ष मनास्लु पदमार्ग भएर पर्यटक नआएका कारण स्याउको बिक्री ह्वात्तै घटेको छ । बिक्रीमा ह्रास आएपछि किसानले छ्याङ, रक्सी बनाउन थालेका छन् । स्याउलाई कुहिन नदिन छ्याङ बनाउनुपरेको प्रोकका पेमा लामा बताउनुहुन्छ । 

सदरमुकामबाट स्याउ उत्पादित क्षेत्रमा पुग्न करिब पाँच/छ दिन लाग्छ । किसानले बाटो असजिलो भएका कारण स्याउ बजारसम्म पुर्याउन सकेका छैनन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख राजकुमार गुरुङका अनुसार खच्चडबाट स्याउ ढुवानी गर्दा धेरै महँगो पर्छ । “स्याउभन्दा ढुवानीको पैसा बढी लाग्छ,” उहाँले भन्नुभयो । सरकारले स्याउ ढुवानीमा सहयोग गर्न सकेमा उत्तरी भेगमा उत्पादित स्याउ बजारसम्म ल्याउन सकिने गुरुङको भनाइ छ । 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख तीर्थकुमार श्रेष्ठ स्याउका चाना बनाएर राख्न सकिने बताउनुहुन्छ । उत्पादन राम्रो भए पनि उत्पादित स्याउले बजार नपाउँदा उत्तरी भेगका किसान व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित हुन सकेका छैनन् । बजारमा भारतीय स्याउको मूल्य दिनहुँ आकासिएको छ तर, उत्तरी गोरखाका विभिन्न ठाउँमा फलेका स्याउ बजारसम्म ल्याउन सकिएको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो