2026-10-11 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कामै नसकि ओलीले आफ्नो नाम लेखाएर अनावरण भएको धरहराको शिलालेख झिकियो

जेठ २८, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणको कामनै नसकि नयाँ धरहरामा अनावरण गरिएको शिलालेख हटाइएको छ । ओलीले आफ्नो नाम लेखाउन हतारमा धरहरा उद्घाटन गरेका थिए । जसको काम अझै सकिएको छैन । 

टावरकै फिनिसिङ भएको छैन । साथै टावरसँगैका धेरै संरचना अझै निर्माणकै क्रममा छ । तात्कालिन प्रधानमन्त्री ओलीले बाहिरी संरचना नबन्दै धरहराको उद्घाटन गरेको बिषयमा आलोचना समेत हुँदै आएको छ । उद्घाटन भएपछि सर्वसाधारणलाई खुला गर्नुपर्ने धरहरा दुई बर्ष अघि २०७८ बैशाख ११ गते उद्घाटन गरिएको थियो । 

काम नसकी उद्घाटन भएको धरहराको बाँकी काम गर्न शिलान्यासले समस्या पारेपछि हाल निर्माण कम्पनीले नै झिकेर स्टोरमा थन्काएको छ । धरहरा पुनर्निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सनले शिलालेख अस्थायी रुपमा राखिएको अहिले फिनिसिङ गर्नको लागि झिकेर राखिएको बताएको छ । उक्त शिलालेख बाँकी काम सकेर पुन:स्थापित गरिने जानकारी दिईएको छ ।

हाल पुनर्निर्माणको काम जारी नै छ । उद्घाटन भएको दुई बर्ष एक महिना बितिसक्दा अझै टावरतर्फको बेसमेन्टका काम सकिन बाँकी छ । टावर उद्घाटन हुँदा बाहिरबाट मात्र बनेको जस्तो देखिएको थियो । टावरसम्म पुग्ने भर्याङको काम सकिएको थिएन । धरहरामा संग्रहालय निर्माणको काम अझै बाँकी छ । त्यसो त बाहिरी संरचनाको काम अझै बाँकीनै छ । काम सुस्त गतिमा भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध