2026-10-11 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

थ्री स्टार हाइड्रोपावरको आइपिओ खुल्यो, कतिसम्म भर्न पाइन्छ आवेदन ?

असार ५,काठमाडौँ | थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपिओ बिक्री खुला भएको छ । कम्पनीले मङ्गलवार (असार ५ गते) बाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

असार ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने असार १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको मा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, कर्मचारी र सामूहिक लगानी कोष बिक्री गरेर बाँकी रहेको कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले थ्रीस्टार हाइड्रोपावरको आईपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्चस्तरको जोखिम रहेको संकेत गर्छ । यसको प्रतिसेयर आम्दानी पुससम्मको वित्तीय विवरण अनुसार ७ रुपैयाँ ४४ पैसा रहेको छ ।

यसअघि यसको प्रतिसेयर आम्दानी लगातार घाटामा गएको यसको विवरण पत्रमा उल्लेख छ । आगामी वर्ष प्रतिसेयर आम्दानी १२।१७ रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध