2026-09-08 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अवरुद्ध बारपाक सडक खुल्यो

असोज १३, गोरखा । गत असारदेखि अवरुद्ध रहेको गोरखा सदरमुकामदेखि बारपाकसम्मको सडक आजदेखि सञ्चालन भएको छ । 

बालुवादेखि बारपाकसम्म करिब १५ किलोमिटर सडक मर्मत गरेपछि बारपाकसम्म साना ट्रक, ट्र्याक्टर तथा जिप सञ्चालन भएका छन् । यद्यपि यात्रुबाहक बस सञ्चालनमा कठिनाइ रहेको छ । 

सडक सञ्चालनमा आएपछि खाद्यान्न र निर्माण सामग्री ढुवानी हुने भन्दै बारपाकवासी खुसी भएका छन् । दसैँको मुखमा सडक सञ्चालनमा ल्याइएको हो । सडक अवरुद्ध हुँदा घरहरु पुनःनिर्माणको काम हुन सकेको छैन । निर्माण सामग्री ढुवानीको कठिनाइले पुनःनिर्माणको कामले गति नलिएको स्थानीयवासी तेजबहादुर घलेको भनाइ छ । बारपाक भूकम्पको केन्द्रविन्दु रहेको ठाउँ हो । 

जिल्लास्थित एघारकिलो बारपाक सडक कार्यालयले बारपाक सडक मर्मत गरी खुलाएको हो । बारपाकदेखि लाप्राक हुँदै गुम्दासम्मको सडक मर्मतको प्रक्रिया अघि बढेको छ । सडक सञ्चालन भएको भन्दै भूकम्पपीडितले घर पुनःनिर्माणलाई तीव्रता दिने बताएका छन् । यस्तै जिल्लाका ३२ वटा ग्रामीण सडक मर्मतको काम सुरु भएको छ । 

दसैँअघि सबै ग्रामीण सडकमा यात्रुबाहक बस चल्न सक्ने बनाउने स्थानीय विकास अधिकारी नारायण आचार्यले बताउनुभयो । भच्चेक, पालुङ्टार, आरुघाटलगायत मुख्य व्यापारिक केन्द्र जोड्ने सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । सडक मर्मतका लागि जिविसले आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ । 

सडक कार्यालय र जिविसले ग्रामीण सडक मर्मतमा तीव्रता दिएका हुन् । गोरखादेखि बारपाक, भच्चेक, आरुघाटजस्ता सडक आगामी तीन वर्षभित्रमा कालोपत्रे भइसक्ने भन्दै सडक कार्यालयका प्रमुख प्रेमप्रकाश खत्रीले तीन वर्षमा १५० किमी सडक कालोपत्रे हुने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो