2026-10-11 08:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आधारदर घटेपछि यी ४ वटा बैंकको ब्याजदर सबैभन्दा सस्तो!

असार १५, काठमाडौँ | वाणिज्य बैंकहरुको आधारदर औसत ०.१० प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार वैशाखसम्म तीन महिनाको औसत आधारदरको तुलनामा जेठसम्म यस्तो औसत आधारदर ०.१० प्रतिशतले घटेको हो ।

योसँगै हाल दुई सरकारी बैंकसहित चार वटाको आधारदर एकल अंकमा झरेको छ । जसकारण यी बैंकबाट तुलनात्मक रुपमा सस्तो ब्याजमा ऋण पाइनेछ ।

बैंकको आधारदरले नै ऋण लिँदा सस्तो र महँगो पर्ने हुन्छ । बैंकहरुले ऋण प्रवाह गर्दा आधारदरमा प्रिमियम जोडेर ब्याज लिने गर्छन् । राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्ड, नबिल बैंक र नेपाल बैंकको आधारदर एकल अंकमा छ । यी बैंकहरुको आधार दर १० प्रतिशतभन्दा तल झरेको छ ।

बैंकहरुको पछिल्लो तीन महिनाको औसत आधारदर १०.३४ प्रतिशतमा आएको छ । त्यसअघिको औसत आधारदर १०.४४ प्रतिशत थियो ।

आधारदरले २१ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण पाइने देखाउँछ । उसको आधारदर ८.२४ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडिनेछ । यस आधारमा पनि यस बैंकबाट १०.२४ प्रतिशतदेखि १३.२४ प्रतिशतसम्मको ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा प्रवाह हुनेछ ।

यस्तै कम आधारदर भएको दोस्रोमा चार्टर्ड बैंक परेको छ । यसको आधारदर ९.२९ प्रतिशतमा ऋण लिँदा २ देखि ५.७५ प्रतिशतसम्म प्रिमियम जोडिनेछ ।

यस्तै नेपाल बैंकको आधार दर ९.५५ प्रतिशत छ । बैंकबाट ऋण लिँदा कर्जाको ब्याजदरमा थप २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडिनेछ ।

नबिल बैंकको आधारदरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडिनेछ । यसको आधारदर ९.६५ प्रतिशत छ ।

धेरैजसो बैंकहरुको प्रिमियम २ देखि ५ प्रतिशतसम्म रहेको छ । अहिले बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर पनि एकल अंकमा झारिसकेका छन् । व्यक्तिगत मुद्दतीमा ९.९९ प्रतिशत छ भने संस्थागतमा व्यक्तिगतको भन्दा २ प्रतिशत कम गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी