2026-10-11 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महिनाकै ३ अर्ब नाफा असुल्ने निगमले कहिले घटाउँछ इन्धनको मूल्य ?

असार १८, काठमाडौँ |  ९ महिनाअघि भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नेपाल आयल निगमले तिर्नुपर्ने बक्यौता रकम २३ अर्ब ६० करोड थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गए पनि सोअनुसार नेपालमा मूल्य समायोजन नगरी, उपभोक्तालाई मूल्यमा भार पारेर नाफा कमाउँदै गएको निगमले अन्ततः ९ महिनामै आईओसीको सबै बक्यौता चुक्ता गरेको छ ।

अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ, मट्टितेलमा २७ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ३७ र बाह्य इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा लिइरहेको छ । खाना पकाउने ग्यासमा समेत निगम प्रतिसिलिण्डर ७ रुपैयाँ नाफामा छ ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सबै इन्धनबाट गरी आगामी पाक्षिक अवधिमा १ अर्ब ६० करोड नाफा हुनेछ । अर्थात् १ महिनामा निगमको नाफा ३ अर्बभन्दा बढी हुनेछ । ‘धेरै समयपछि ग्यासमा रहेको निगमको नोक्सानी अहिले हटेको छ, आईओसीको बक्यौता पनि करिब सबै तिरेका छौं’ उनले भने ।

यसअघि आईओसीको ‘बक्यौता’लाई कारण देखाउँदै नेपालमा मूल्य नघटाएको निगमले अब कहिले घटाउँछ मूल्य ? इन्धन बेच्न एकाधिकार पाएको सरकारी स्वामित्वको यो कम्पनीले इन्धनको मूल्य समायोजन गरी उपभोक्तालाई ठूलो राहत दिन सक्छ । इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँसम्म निगम व्यवस्थापनले नै घटाउने वा बढाउने निर्णय गर्न सक्छ तर सोभन्दा माथि घटबढ गर्नुपर्ने अवस्थामा सञ्चालक समितिले नै निर्णय गर्नुपर्छ । निगमले मूल्य घटाउने गृहकार्य गरेको प्रवक्ता ठाकुरले जानकारी दिए । सञ्चालक समिति स्रोतका अनुसार आजभोलि नै मूल्य घटाउनेगरी बैठक बस्ने तयारी छ ।

निगमले नेपाल सरकारबाट लिएको ऋण रकम पनि किस्ताबन्दीमा चुक्ता गर्दै आएको छ । सरकारलाई तिर्नुपर्ने निगमको ऋण रकम हाल ६ अर्ब ३० करोड रुपैयाँ रहेको ठाकुरले जानकारी दिए । ‘सरकारको ऋण रकम किस्ता किस्तामा भुक्तानी गर्दै आएका छौं’ उनले भने ‘५ वर्षमा १० किस्तामा चुक्ता गर्नेगरी लिएका थियौं, सो अनुसार नै तिर्दै जानेछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध