साउन ४, काठमाडौँ । तस्करी गरि नेपाल एअरपोर्टबाट छिराईएको सुनलाई क्याथे प्यासेफिकको उडानमार्फत मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको पाईएको छ ।

विमानबाट आएका समातिएकै प्याकेज जस्तै अरु पनि १३ प्याकेज थिए । ति प्याकेजहरुमा पनि सुन हुनसक्ने आशङ्कामा राजश्व अनुसन्धान विभागको टोलीले जाँचबुझ गरेको छ । तर ती प्याकेजहरू फेला परेको छैन ।

यस अघि भेटिएको करिब १ सय किलो अवैध सुन बुढानीलकण्ठमा कार्यालय रहेको रेडी ट्रेड प्रालिले मगाएको पाइएको छ । उक्त कम्पनीले मगाएको उस्तै प्याकेजमा अर्को खेप रहेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागको टोली त्रिभुवन विमानस्थल भन्सार कार्यालय आइपुगेको थियो ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले दिएको जानकारी अनुसार सो विमानबाट ३६ वटा प्याकेज आएका थिए । जसमध्य भन्सार कार्यालयमा १३ वटा प्याकेज अझै बाँकी रहेका थिए । तर अनुसन्धानको क्रममा ति १३ वटा प्याकेज फेला परेको छैन । भन्सार बिभागको गोदाममा अन्य सामानको चेकजाँच गर्ने तयारी गरिएको छ ।

रेडी ट्रेड प्रालिको तर्फबाट भन्सार एजेन्ट (१५२) नम्बरका यादव पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले त्रिभुवन विमानस्थल कार्यालयबाट सामान बुझेको पाइएको छ । राजेन्द्रले साउन २ मा १२ प्रज्ञापन पत्र भरेर सामान जिम्मा लिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

Related News