<p><b>साउन ५, काठमाडौँ | </b>नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । <br></p><p>आज (बिहीबार) प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो। </p><p>यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो। </p>
नेपाली बजारमा आज सुन र चाँदीको भाउ घट्यो
Leave a Comment

