2026-10-11 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किन उठाउँदैछ सरकारले साउनमै ऋण ?

साउन १७, काठमाडौँ | गत वर्ष सरकारले कात्तिकमा मात्र ऋण उठाएको सार्वजनिक ऋण व्यवस्थापनको (पिडिएमओ) कार्यालयले जनाएको छ । तर यो पटक ब्याजदर केही सस्तो भएकोले ऋण उठाइहालौं भन्ने मानसिकतामा सरकार देखिएको हुन सक्ने पिडिएमओ स्रोतले बताएको छ ।

अर्कोतर्फ भदौ असोजमा खर्च गर्ने पैसा पनि नहोला भनेर अहिले देखिनै जोहो गर्न खोजेको पनि हुनसक्ने स्रोत बताउँछ । यो वर्ष सरकारले साउनमा मात्रै २ पटक गरी २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ । अहिले करिब ६ प्रतिशत ब्याजदर रहेको पिडिएमओले जनाएको छ । गत वर्ष सरकारले १२ प्रतिशतसम्मको ब्याजदरमा आन्तरिक ऋण उठाएको थियो ।

पहिलोपक नेपाल राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘छ’ बोलकबोल प्रक्रियाद्वारा साउन १९ गते निष्काशन गर्न लागेको छ । १० अर्बको विकास ऋणपत्र १८ गते बोलकबोल हुनेछ । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र अर्धवािर्षक रुपमा भुक्तानी हुनेछ ।

यो ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइनेछ । बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८.५ अर्ब र १.५ अर्ब छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिनेछ ।

राष्ट्र बैंकमार्फत सरकारले पहिलो त्रैमासमा नै (साउन देखि असोजसम्म) ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । नेपाल सरकारले आर्थिक विकासका लागि न्यून वित्त परिचालनको स्रोतका रूपमा आन्तरिक ऋण लिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध