२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

२२ श्रावण २०८०, सोमबार ०९:३२

साउन २२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा नियामकीय व्यवस्था उलङ्‍घन गर्ने वाणिज्य बैंकलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले तोकेको ९० प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्दा कुमारी बैंक र हिमालयन बैंकलाई नगद जरिवाना सहित कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

कुमारी बैंकले गत आर्थिक वर्षको माघमा सीडी रेसियो नपुर्‍याउँदा राष्ट्र बैंकले ५९ लाख ६३ हजार ६९४ रुपैयाँ नगद जरिवाना गराएको छ ।

यस्तै हिमालयन बैंकले पनि लागत आर्थिक वर्षको कात्तिकमा सीडी रेसियो नपुर्‍याउँदा १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ नगद जरिवाना गराएको छ ।

यता प्राइम कमर्सियल बैंकलाई भने राष्ट्र बैंकले सचेत गराएर छोडेको छ । बैंकले संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं.२ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंक्ले जनाएको छ ।

यस्तै प्राइम बैंकले ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को व्यवस्था अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ