2026-10-11 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अन्तर्राष्ट्रिय बजारमा महँगियो कच्चा तेल, नेपालमा प्रभाव पर्ने

साउन २४, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । डेढ महिनाकै अवधिमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १४ डलरसम्म बढेको छ । विगत डेढ महिनादेखि कच्चा तेलको भाउ बढिरहेको हो ।  असार ९ गते डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ६९ डलर रहेकोमा  आज साउन २४ गते ८३ डलर नाघेको छ ।

त्यस्तै ब्रेन्ट तेलको मूल्य डेढ महिनामा प्रतिब्यारेल ७२ डलरबाट ८६ डलर पुगेको छ भने मुर्बान तेलको मूल्य प्रतिब्यारेल ७४ बाट ८८ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य महँगिदा प्रशोधित तेल आयात गर्ने नेपालमा त्यसको सिधा असर पर्ने गरेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले अन्तर्राष्ट्रिय बजारको कच्चा तेलको मूल्य, आफ्नो लागत समेत समायोजनसहित प्रशोधित तेलको मूल्य निर्धारण गरी १५–१५ दिनमा नेपाल आयल निगमलाई सूची पठाउने गरेको छ । सो सूचीका आधारमा नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । जसले गर्दा भारतबाट बढेर मूल्यसूची आउँदा एक सातापछि फेरि नेपालमा पनि मूल्य बढ्ने संभावना देखिएको छ । आयल निगमले अब स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने घोषणा गरिसकेको छ ।

भारतले पछिल्लो समय अन्य मुलुकको तुलनामा रुसबाट सबैभन्दा धेरै परिमाणमा कच्चा तेल आयात गर्ने गरेको छ । भारतले पछिल्ला महिनामा रुसबाट औसत दैनिक २० लाख ब्यारेल कच्चा तेल भित्र्याउने गरेको ब्यापार स्रोतलाई उदृत गर्दै इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । कच्चा तेलको मूल्य बढ्दै जाँदा रुसले भारतलाई दिने छुटको दर पनि कटौती गर्दै गएको सो सञ्चारमाध्यमले जनाएको छ । रुसी तेल आयातकर्तामा हाल भारत तेस्रो ठूलो मुलुक बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध