२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकाबाट ४० सम्पदाजन्य आकृति घर फर्काइँदै

२६ श्रावण २०८०, शुक्रबार ०५:५३

साउन २६, काठमाडौँ | विभिन्न मितिमा नेपालका मन्दिर तथा पुरातात्विक स्थलबाट चोरिएका काष्ठकला, चित्र र पुरातात्विक सम्पदाको संग्रह अमेरिकाको हवाई राज्यमा भेटिएकोमा ती सम्पदा वासिङ्टनस्थित नेपाली दूतावासको समन्वयमा घर फर्काइने भएको छ । यी सम्पदा शनिबार काठमाडौं आइपुग्नेछन् ।


अमेरिकाको हवाई राज्यस्थित भन्सार तथा सीमा सुरक्षा निकायले सन् २०१० मा फेला पारेको यी सम्पदा घरफिर्तीका लागि नेपालबाट पुरातत्व विभागले सन् २०११ मा अनुरोध पठाएका थियो । सम्पदाको ‘उत्पत्तिको मुलुक’ सहितका प्रामाणिकता पहिल्याएपछि वासिङ्टनस्थित नेपाली दूतावासलाई चार महिनाअघि सम्पदा हस्तान्तरण गरिएको थियो ।

गृह सुरक्षा निकायअन्तर्गत होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्सले सम्पदा बुझाएपछि कतार एयरवेजको कार्गोले यी सम्पदा ल्याउन सहयोग गरेको दूतावासले जनाएको छ । यिनै सम्पदाको प्रदर्शनीसहित नेपालको पर्यटन प्रवर्द्धन तथा प्रचारका निम्ति दूतावासले गत साता एक प्रदर्शनीसमेतको आयोजना गरेको थियो । दूतावासले अहिलेसम्म विभिन्न ४७ सम्पदा र पुरातात्विक सामग्रीको घरफिर्तीमा पहल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ