2026-10-11 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकाबाट ४० सम्पदाजन्य आकृति घर फर्काइँदै

साउन २६, काठमाडौँ | विभिन्न मितिमा नेपालका मन्दिर तथा पुरातात्विक स्थलबाट चोरिएका काष्ठकला, चित्र र पुरातात्विक सम्पदाको संग्रह अमेरिकाको हवाई राज्यमा भेटिएकोमा ती सम्पदा वासिङ्टनस्थित नेपाली दूतावासको समन्वयमा घर फर्काइने भएको छ । यी सम्पदा शनिबार काठमाडौं आइपुग्नेछन् ।

अमेरिकाको हवाई राज्यस्थित भन्सार तथा सीमा सुरक्षा निकायले सन् २०१० मा फेला पारेको यी सम्पदा घरफिर्तीका लागि नेपालबाट पुरातत्व विभागले सन् २०११ मा अनुरोध पठाएका थियो । सम्पदाको ‘उत्पत्तिको मुलुक’ सहितका प्रामाणिकता पहिल्याएपछि वासिङ्टनस्थित नेपाली दूतावासलाई चार महिनाअघि सम्पदा हस्तान्तरण गरिएको थियो ।

गृह सुरक्षा निकायअन्तर्गत होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्सले सम्पदा बुझाएपछि कतार एयरवेजको कार्गोले यी सम्पदा ल्याउन सहयोग गरेको दूतावासले जनाएको छ । यिनै सम्पदाको प्रदर्शनीसहित नेपालको पर्यटन प्रवर्द्धन तथा प्रचारका निम्ति दूतावासले गत साता एक प्रदर्शनीसमेतको आयोजना गरेको थियो । दूतावासले अहिलेसम्म विभिन्न ४७ सम्पदा र पुरातात्विक सामग्रीको घरफिर्तीमा पहल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध