२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द

२७ श्रावण २०८०, शनिबार ०५:३९

साउन २७, रुपन्देही | गत आर्थिक वर्ष २०७९–८० मा रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार ती उद्योगले लगत कट्टा गरेका हुन् । लगत कट्टा गरी बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३ र पर्यटन उद्योगमा ५१ छन् । 

लोडसेडिङ, बढ्दो आर्थिकमन्दी, बैंकको चर्को ब्याजदरजस्ता कारणले उद्योग बन्द गर्नुपरेको उद्योगीको भनाइ छ । उद्योग बन्द गर्ने धेरैजसो तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर र बुटवल उपमहानगरपालिका उद्योगी छन् । 

रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले औद्योगिक क्षेत्रका रूपमा चिनिएको रुपन्देहीमा एक वर्षमै दुई सयभन्दा धेरै उद्योग बन्द हुँदा यसले यहाँका उद्योगीको अवस्था खराब रहेको स्पष्ट भएको बताए । उनले रुपन्देहीमा कोभिड महामारी, कर्जाको ब्याजदार, आयात तथा निर्यातमा भएका नीतिगत समस्यालगायतले साना उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताए । 

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजुले रुपन्देहीमा सेवामूलक उद्योग बन्द हुनुमा विमानस्थल पूर्णरूपमा सञ्चालन हुन नसक्नु, कर्जाको ब्याज र बजारिकरणको समस्या रहेको बताए । उनका अनुसार केही ठूला उद्योग आफ्नो उत्पादन क्षमता २५ देखि ४० प्रतिशतमा सीमित गरी सञ्चालन गर्दै  खर्च धानिरहेका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका सूचना अधिकारी नेत्रप्रसाद भुसालका अनुसार रुपन्देहीमा घरेलु अन्तर्गत करिब एक हजार ३० उद्योग दर्ता छन् । जिल्ला घरेलु कार्यालयले अहिलेसम्म एक हजार एक सय नौ उद्योग नवीकरण भएको जनाएको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ‘आमाको भान्सा’ मसला उद्योग करिब छ महिनादेखि बन्द छ । उद्योगका सञ्चालक ज्ञानेन्द्र बञ्जाडेले बाँकी रहेको कच्चा पदार्थ र मेसिन घरमै लगेर थन्क्याए बस्नुपरेको छ । उनले पछिल्लो समय उद्योगको लागि भारतबाट आउने कच्चा पदार्थ जिराको चरम मूल्यवृद्धि, अवैध तरिकाबाट आउने अन्य मसलासँग प्रतिस्पर्धा गर्न बजारमा सकस भएपछि बन्द गर्नुपरेको दुःख व्यक्त गरे ।

उहाँ जस्तै युवा उद्योगी विष्णुप्रसाद घिमिरेले सञ्चालन गरेको आभास चिया उद्योग करिब एक वर्षदेखि बन्द छ । उद्योगले रुपन्देहीको तिलोत्तमाकै चिया ब्रान्डिङ गरेर बजारमा पुर्याउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ