2026-10-11 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द

साउन २७, रुपन्देही | गत आर्थिक वर्ष २०७९–८० मा रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार ती उद्योगले लगत कट्टा गरेका हुन् । लगत कट्टा गरी बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३ र पर्यटन उद्योगमा ५१ छन् । 

लोडसेडिङ, बढ्दो आर्थिकमन्दी, बैंकको चर्को ब्याजदरजस्ता कारणले उद्योग बन्द गर्नुपरेको उद्योगीको भनाइ छ । उद्योग बन्द गर्ने धेरैजसो तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर र बुटवल उपमहानगरपालिका उद्योगी छन् । 

रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले औद्योगिक क्षेत्रका रूपमा चिनिएको रुपन्देहीमा एक वर्षमै दुई सयभन्दा धेरै उद्योग बन्द हुँदा यसले यहाँका उद्योगीको अवस्था खराब रहेको स्पष्ट भएको बताए । उनले रुपन्देहीमा कोभिड महामारी, कर्जाको ब्याजदार, आयात तथा निर्यातमा भएका नीतिगत समस्यालगायतले साना उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताए । 

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजुले रुपन्देहीमा सेवामूलक उद्योग बन्द हुनुमा विमानस्थल पूर्णरूपमा सञ्चालन हुन नसक्नु, कर्जाको ब्याज र बजारिकरणको समस्या रहेको बताए । उनका अनुसार केही ठूला उद्योग आफ्नो उत्पादन क्षमता २५ देखि ४० प्रतिशतमा सीमित गरी सञ्चालन गर्दै  खर्च धानिरहेका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका सूचना अधिकारी नेत्रप्रसाद भुसालका अनुसार रुपन्देहीमा घरेलु अन्तर्गत करिब एक हजार ३० उद्योग दर्ता छन् । जिल्ला घरेलु कार्यालयले अहिलेसम्म एक हजार एक सय नौ उद्योग नवीकरण भएको जनाएको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ‘आमाको भान्सा’ मसला उद्योग करिब छ महिनादेखि बन्द छ । उद्योगका सञ्चालक ज्ञानेन्द्र बञ्जाडेले बाँकी रहेको कच्चा पदार्थ र मेसिन घरमै लगेर थन्क्याए बस्नुपरेको छ । उनले पछिल्लो समय उद्योगको लागि भारतबाट आउने कच्चा पदार्थ जिराको चरम मूल्यवृद्धि, अवैध तरिकाबाट आउने अन्य मसलासँग प्रतिस्पर्धा गर्न बजारमा सकस भएपछि बन्द गर्नुपरेको दुःख व्यक्त गरे ।

उहाँ जस्तै युवा उद्योगी विष्णुप्रसाद घिमिरेले सञ्चालन गरेको आभास चिया उद्योग करिब एक वर्षदेखि बन्द छ । उद्योगले रुपन्देहीको तिलोत्तमाकै चिया ब्रान्डिङ गरेर बजारमा पुर्याउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध