<p><b>साउन २७, काठमाडौँ |</b> निजी क्षेत्रद्वारा प्रवर्द्धित बुद्ध एयरले आन्तरिक उडानलाई प्रभावकारी बनाउन नयाँ विमान थपेको छ । आफ्नो सेवालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित बुद्धले १६ औँ एटीआर विमान थपेको हो ।<br></p><p>कम्पनीले अमेरिकाको नर्डिक एभिएसनमार्फत आफ्नो १६ औँ विमान किनेको हो । कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजबाट ७० सिट क्षमताको एटीआर ७२ जहाज किनेको जानकारी दिएको छ । </p><p>फ्रान्सबाट नेपालका लागि उडेको यो विमान अल्बानिया, साइप्रस, साउदी अरब र ओमान हुँदै काठमाडौँ आइपुगेको जनाइएको छ । </p>
आन्तरिक उडानलाई प्रभावकारी बनाउन बुद्ध एयरले थप्यो १६ औँ नयाँ एटीआर विमान









