2026-10-11 06:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई एशियन अवार्ड

साउन ३१, काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्ने भएको छ । दुबई स्थित म्यूजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथीहरूका वीच हुने एक भब्य समारोहमा यस अवार्डबाट चौधरीलाई सम्मान गर्ने कार्यक्रम छ । 

एशियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाज सेवामा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई सम्मान गर्दै आएको छ । यस अवार्डबाट यसअघि आर्ट अफ लिभिङका सस्थापक रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकीच्यान लगायत सम्मानित भएका छन् । 

नेपालका एकमात्र फोब्र्समा सुचिकृत अर्वपति उद्योगी एवं समाजसेवी चौधरीले फाउन्डेसनमार्फत नेपालमा प्रभावकारी रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् । नेपालमा सन् २०१५ मा गएको महाभुकम्पका समयमा भूकम्प पीडितका लागि करिव तीन हजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरुलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ ओटा पक्की घर निर्माण गरेको थियो । भुकम्पका बेलामा गरेको योगदानमा थिफोब्र्स एसियाले विनोद चौधरीको कभर स्टोरी छापेको थियो । 

विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारी पश्चात कोभिड प्रभावित सर्वसाधारण नेपाली नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण गरि सञ्चालनमा ल्याएको थियो । कोभिड महामारीको समयमा आईसियू बेडको अभावमा उपचार गर्न नपाएका सर्वसाधारण नागरिकका लागि उक्त बार्ड निर्माणले ठूलो राहत पुगेको थियो । फाउण्डेसनले कान्तिबाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी वार्ड) निर्माण गरि हस्तान्तरण गरेको थियो । त्यस्तै, चौधरी फाउन्डेसनले सरकारलाई पिसिआर रिएजेन्ट र भेन्टिलेटरहरू पनि सहयोग गरेको थियो । अहिले चौधरी फाउण्डेसन नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय अस्पतालहरुको गुणस्तर अभिवृद्धि गरि स्थानीय नागरिकले घर नजिकै गुणस्तरीय सेवा पाउने वातावरण बनाउन लागिरहेको छ ।

चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत्व्यवस्थापन, उद्यमशिलता विकास, सीप र जीविकोपार्जन, महिला सशक्तिकरण, आध्यात्मिक एवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ । 

चौधरी एक सफल नेपाली उद्योगी, लेखक, राजनीतिज्ञ तथा समाजसेवी हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद रहेका छन् । अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त चौधरीको आत्मकथा विश्वका विभिन्न सात भाषामा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध