<p><b>भदौ ६, काठमाडौं |</b> नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आज सुनको मूल्य १०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको जनाएको हो ।<br></p><p>यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ कायम थियो ।</p><p>यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेरको छ । आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ थियो ।</p>
