2026-10-11 05:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब ज्वालामूखी गाउँपालिकामा अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने

भदौ १८, काठमाडौँ । ज्वालामूखी गाउपालिकाले आइतबारदेखि अनलाइन राजस्व भुक्तानी सेवा संचालनमा ल्याएको छ । आईतबार ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले अनलाइन राजस्व भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् । 

गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत अनलाइन राजस्व भुक्तानीको सुरूवात गरेको जनाएको छ । अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने व्यवस्था संगै अब गाउँपालिकाका सेवाग्राहीहरुले गाउँपालिकाको ‘करदाता पोर्टल’ खोलि आफ्नो विवरण एवं करको अभिलेख हेर्न तथा भुक्तानी गर्न सक्ने भएका छन् । अनलाइन सेवा लिन भुक्तानीको लागि इ–सेवा र खल्तीको प्रयोग गर्न सकिने भएको छ । 

यस्तो सेवा लिन चाहनेहरुले गाउँपालिकाको वेवसाईट jwalamukhimun.gov.np मा गई करदाता पोर्टल खोली आफ्नो करदाता संङ्केत नं. राखेर रजिष्टर गरि सिधै भुक्तानी गर्न सक्छन् । 

ज्वालामूखी गाउँपालिका कार्यालयको कर संकलन प्रणाली सफ्टवेयरमा करदाताको रुपमा दर्ता भई सो सफ्टवेयरले जेनेरेट गरेको आफ्नो आधिकारीक ८ अंकको करदाता संकेत नं जस्तैः (०१-०१-०००१) प्राप्त गरिसकेपछि मात्र कर पोर्टलमा इन्टरनेटको पहुँचबाट आफ्नो आधिकारिक Username र Password राखि प्रयोगकर्ता दर्ता गरि आफ्नो विवरण हेर्न साथै कर भुक्तानी गर्न सकिन्छ । 

करदाताको रूपमा दर्ता गर्दा करदाताले अनिवार्य आफ्नो मोबाईल नम्बर र इमेल पालिकालाई उपलब्ध गराउनु पर्ने हुन्छ । त्यस पश्‍चात नगरपालिकाले उपलब्ध गराएको करदाता संकेतको आधारमा प्रयोगकर्ताले आफ्नो विवरण पोर्टलमा Register गर्न सक्छ । त्यसरी रजिस्टर गरेपछि प्रयोगकर्ताको मोबाएल तथा इमेलको OTP Verification पश्चात उक्त username र password प्रयोग गरी जहाँसुकैबाट पनि पालिकालाई आफ्नो व्यक्तिगत विवरण, सम्पत्ति विवरण, कर तिर्नुपर्ने विवरण तथा कर तिरेको विवरण लगायतको विवरण यस कर पोर्टलमा हेर्न सकिन्छ ।

गाउपालिकाले हालसम्म यसअघि कार्यालयमै पुगेर कर तिरेका ९ हजार भन्दा बढी करदाता प्रणालीमा आबद्ध भइसकेका छन् । उनीहरुले अनलाइनबाटै कर तिर्न चाहेको खण्डमा पालिकामा सम्पर्क राख्न सक्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध