2026-10-11 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिलो पटक पोखरा विमानस्थलमा भुटानको ड्रुक एयरले गर्‍यो व्यवसायिक उडान

भदौ २३, काठमाडौँ | भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट व्यावसायिक उडान भरेको छ । ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पौने सात बजे पोखरा आएको थियो । 

विमानस्थलमा ओर्लिएको एयरबस ३१९ जहाज तीन यात्रु लिएर आएको थियो |  एक सय ५० यात्रु क्षमताको ड्रुकको त्यो जहाजमा पोखराबाट ४२ पर्यटक लिएर भुटान फर्किएको छ । 

भुटानबाट नेपाल आएका यात्रुहरूमा नेपाली, अमेरिकी र भियतनामी एक–एक जना थिए। पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेका छन्।

ड्रुक भुटानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो । पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट यसले दश अन्तर्राष्ट्रिय गन्तव्य र तीन आन्तरिक विमानस्थलमा उडान भर्दै आएको छ । यसले काठमाडौँमा पनि उडान गर्ने गरेको छ । 

ड्रुकको विमान बिहान पौने ७ बजे अवतरण गरी यात्रु लिएर पौने ८ बजे फर्किएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चोटि यात्रुहरू विदेशका लागि उडेका छन् । विमानस्थलले सुरु भएको आठ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध