2026-08-22 08:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमालय एयरलाइन्सको अर्को नयाँ गन्तव्य: काठमाडौँबाट अब सिधै छिङ्दाओ शहर !

भदौ २४, काठमाडौं । नेपाल–चीनको संयुक्त लगानीमा रहेको हिमालय एयरलाइन्सले चीनको छिङ्दाओ शहरमा सिधा उडान सुरु गरेको छ । 

नयाँ रुटमा उडान सुरु गरेसँगै यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने हिमालय एअरलाइन्सले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । एअरलाइन्सका अनुसार साप्ताहिक रुपमा काठमाडौँ-छिङ्दाओ सहर उडान सेवा सञ्चालन गर्ने तयारी छ ।

यसै अनुसार आजै काठमाडौँ-छिङ्दाओ सहर अन्तर्गत पहिलो आउटबाउन्ड उडान, H9 7220, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गर्यो । यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहेको एअरलाइन्सले जानकारी दिएको छ । काठमाडौँ-छिङ्दाओ सहरको पहिलो उडानमा H9 7220 विमानले कूल एक सय जना यात्रु बोकेको थियो ।

नयाँ गन्तव्य उडानबारे जानकारी दिन एअरलाइन्सले राखेको पत्रकार सम्मेलनमा संस्कृति पर्यटन नागरिक उड्ययनमन्त्री सुदन किराँती सहित नेपालका लागि चीनिया राजदुतको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ एनयोबले काठमाडौँ–छिन्ताओ–काठमाडौँ उडान सेवाको उद्घाटन हिमालय एअरलाइन्सको लागि महत्वपूर्ण उपलब्धी भएको बताए । उनका अनुसार छिन्ताओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो जसले एसियालाई युरोपसँग जोड्ने काम गर्छ । यो उडानले नेपाल-चीनबीच कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्नेछ । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किराँतीले चिनियाँ ग्रामिण समाजको संस्कृति र नेपाली संस्कृति धेरै मिल्दोजुल्दो छ भनेर त्यहाँका अध्याताहरुले दाबी गर्ने गरेको भन्दै चिनियाँ नागरिकहरुलाई नेपालमा पाहुनाको रुपमा भित्र्याउन सकेमा र नेपालको ग्रामिण जिवन र ग्रामिण संस्कृतिको जरासम्म पुर्याउन सकेनेपालको पर्यटन क्षेत्रमा एउटा नयाँ गन्तव्य बन्न सक्ने विस्वास गरे । मन्त्री किरातीले हिमालयको नयाँ गन्तव्य उडान मार्फत धेरै भन्दा धेरै चिनियाँ पाहुनाहरु नेपाल आउने आशा गरे । मन्त्री किरातीले एयरलान्स क्षेत्रको विकास गर्दै काठमाडौंबाट पोखरा, पोखराबाट चाइनाको विभिन्न शहर र पोखराबाट काठमाडौं हुदै चाइना जानेसम्मको उडान गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड समेत दिए । उनले हिमालय एअरलाइन्सको नयाँ रुटबाट उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको बताए । साथै उनले छिङ्दाओ बासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिए  ।

यस्तै चिनिया राजदुत चेब सोबले काठमाडौं–छिन्ताओ–काठमाडौँ उडान सेवाको आरम्भ नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको बताए । चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उनको भनाई छ । उनले नयाँ रुटसंगै नेपालको उड्डयन उद्योगमा नयाँ गति आउने र नेपाललाई भूपरिवेष्ठितबाट भू–जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पुर्याउने बताए । 

यस्तै हिमालय एअरलाइन्सका प्रवक्ता समेत रहेका विजय श्रेष्ठले नयाँ सुरु गरिएको रुटप्रति उत्साह व्यक्त गर्दै हिमालय एअरलाइन्सको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने भएको बताए । यस रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको उनले बताए । 

नयाँ गन्तव्य उडानसंगै चिनिया तथा नेपाली यात्रुहरूलाई हिमालय एअरलाइन्सको टिकटि काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू र एअरलाइन्सको वेबसाइटबाट काठमाडौँ–छिङ्दाओ–काठमाडौँ उडानको टिकट बुक गर्न सक्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक