2026-10-11 05:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

४ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसरी पाइन्छ लाभांश ?

भदौ २९, काठमाडौँ | हालसम्म ४ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार माछापुच्छ्रे, एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकले लाभांश घोषणा गरेका हुन् ।

माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश वितरणका लागि ‘बुक क्लोज’को मिति असोज ८ गतेलाई तोकेको छ । अर्थात् असोज ७ गतेसम्म सेयर होल्ड गर्नेहरु मात्रै लाभांशका लागि योग्य हुनेछन् ।

त्यस्तै एभरेस्ट बैंकले १० प्रतिशत सेयर बोनस र १०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको छ । हालै सानिमा बैंकले ९ प्रतिशत सेयर बोनस र ५.७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको छ । एनआईसी एसिया बैंकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकको बुक क्लोज मिति भने तय भइसकेको छैन ।

कसरी पाइन्छ लाभांश ?

सञ्चालक समितिले घोषणा गरेको लाभांश साधारणसभाबाट पारित भइसकेपछि मात्रै लगानीकर्ताले पाउँछन् । नगद लाभांश आफ्नो बैंक खातामा र सेयर बोनस डिम्याट खातामा पाउँछन् । साधारणसभा हुनुभन्दा अघि नै कम्पनीले सार्वजनिक सूचनामार्फत बुक क्लोजको मिति सार्वजनिक गर्छन् । ‘बुक क्लोज’भन्दा अघिल्लो दिनसम्म सेयर खरिद वा होल्ड गरेकालाई लाभांश दिइन्छ । बैंक तथा वित्तीय संस्थाको हकमा नियामक राष्ट्र बैंकले पनि लाभांश वितरणका लागि स्वीकृति दिनुपर्दछ ।

सेयर बोनसले लगानीकर्ताको सेयर संख्या थपिन्छ । उदाहरणको रुपमा, कुनै कम्पनीले लगानीकर्तालाई १० प्रतिशत नगद र ५ प्रतिशत सेयर बोनस गरी १५ प्रतिशत लाभांश घोषणा गरेको खण्डमा, १ सय कित्ता सेयर हुने लगानीकर्ताले सो कम्पनीबाट १ हजार नगद [१०० (सेयर संख्या) × १०० (अंकित मूल्य) × १० प्रतिशत)] र ५ कित्ता थप सेयर (१०० कित्ताको ५ प्रतिशत) पाउँछन् । सेयर बोनसपछि कम्पनीको सेयर मूल्य पनि सो अनुरुप समायोजन हुन जान्छ । अर्थात थपिएको सेयर संख्याको अनुपातमा ‘बुक क्लोज’पछि मूल्य घटाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध