2026-10-11 05:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डलरको मूल्य हालसम्मकै उच्च, किन बढ्दैछ भाउ?

असोज २, काठमाडौँ | मंगलबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। 

मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३३ रूपैयाँ ५४ पैसा तोकिएको छ। 

सोमबार भारतीय मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर भएपछि नेपाली मुद्रा पनि डलरको तुलनामा कमजोर भएको हो। 

सोमबार एक डलरको लागि भारतीयहरूले ८३.२७ भारु तिरिरहेका थिए। भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर (पेग्ड) गरिएकोले पनि भारतीय मुद्रा घट्दा नेपाली मुद्राको पनि भाउ घट्छ। 

कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिले पनि अमेरिकी डलरलाई बलियो बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। 

बेन्ट र डब्लुटिआई कच्चा तेलको मूल्य लगातार तीन सातादेखि वृद्धि भएको छ। यता भारतको व्यापार घाटा समेत १० महिनाकै उच्च भएको छ। भारतको व्यापार घाटा अगष्टमा २४ अर्ब डलर पुगेको छ। 

बुधबार अमेरिकी केन्द्रीय बैंक फेडबाट ब्याजदरसम्बन्धी घोषणा आउने बताइएको छ। अमेरिकामा मूल्य वृद्धिदरमा सुधार भइरहेपनि ब्याजदर नघट्ने भएको हो। 

सम्भवतः अब अन्तिम पटक ०.२५ बिन्दुले ब्याजदर बढ्नेछ। यो वृद्धिपछि गत २०२२ मार्च यता ११औं पटक ब्याजदर बढ्नेछ।

फेडको केही समयदेखि यो दर ५.२५ देखि ५.५० प्रतिशतसम्म सीमित पार्ने उद्देश्य लिइएको छ। हाल यो दर ५.५ प्रतिशत छ। यो बेन्चमार्क ब्याजदर सन् २००१ यताकै उच्च हो। 

अमेरिकामा केही समय अघिसम्म मूल्य वृद्धि दर ४० वर्षकै उच्च थियो। यो ९.१ प्रतिशतसम्म पुगेको थियो। जुनमा त्यहा मूल्य वृद्धि दर ३.७ प्रतिशत थियो।  

नेपालमा डलरको भाउ बढ्दा रेमिटेन्सबाट प्राप्त हुने रकम बढ्नेछ। तर, आयातित वस्तुको लागत बढ्नेछ भने मूल्य वृद्धिको सम्भावना समेत रहनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध