2026-10-11 05:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१४.२ किलोभन्दा बढी तौलको ग्यास बिक्री गर्नेमाथि कारबाही गर्ने आयल निगमको चेतावनी

असोज ४, काठमाडौँ | नेपाल आयल निगमले १४.२ किलोभन्दा बढीको ग्यास बिक्री गरिरहेको कुरा सार्वजनिक भएको भन्दै यस्तो गर्ने उद्योगमाथि कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै केही ग्यास उद्योगहरुले १४.२ किलो क्षमताकाभन्दा बढी जस्तै ५० किलो, ४५० किलो क्षमताका सिलिण्डरहरुमासमेत एलपी ग्यास भरी बिक्री वितरण गरेको भन्दै उनीहरुमाथि कारबाही गर्ने चेतावनी दिएको हो।

निगमसँग आबद्ध केही ग्यास उद्योगहरुले बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गर्न अनुमति माग गरेकोमा निगमले एलपी ग्यास विनियमावली, २०६५ (संशोधन सहित)का अनुसार अनुमति दिन नसकिने जानकारी गराइसकेको प्रष्ट पारेको छ।

निगमले अनुमति नदिएको अवस्थामा १४.२ किलोभन्दा बढी जस्तै ५० किलो, ४५० किलो क्षमताका सिलिण्डरहरुमा ग्यास भरी बिक्री वितरण गरिरहेको भए त्यस्ता सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न भनेको छ।

‘निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधन सहित) बमोजिम कारबाही हुने व्यहोरासमेत यसै सूचना मार्फत जानकारी गराइन्छ,’ निगमको सुचनामा भनिएको छ, ‘साथै १४.२ किलोभन्दा अतिरिक्त क्षमताका सिलिण्डरहरुको प्रयोग गर्नु गैरकानुनी भएको हुँदा त्यस्ता सिलिण्डरहरुको प्रयोग नगर्नु हुन आम उपभोक्तालाई समेत अनुरोध गरिन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध