2026-10-11 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ज्वालामुखी गाउँपालिकाले गत बर्ष इन्धनमै सक्यो ६८ लाख ? (खर्च विवरण सहित)

अनिल अधिकारी । असोज ७, काठमाडौँ । ज्वालामुखी गाउँपालिकाले गत आर्थिक बर्षको एक बर्ष भरीमा इन्धनमा मात्रै खर्च गरेको ६७ लाख ७४ हजार ७४७.३८ रुपयाँ रकमलाई लिएर चौतर्फी आलोचना भएको छ । हरेक महिना ५ लाख भन्दा बढी इन्धनमै खर्च देखाउने पालिकाले के-के प्रयोजनमा यतिका धेरै इन्धन खर्चिएको भन्ने कुराको विवरण प्राप्त भएको छ । 

अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा ज्वालामुखी गाउँपालिकाले इन्धनमा देखाएको कुल खर्च करिब ४८ लाख ८७ हजार २२४.४१ रहेको थियो । गत आर्थिक बर्षमा भने अघिल्लो आर्थिक बर्षको तुलनामा सोहि प्रयोजनमा पहिले भन्दा झन्डै १९ लाख बढीको इन्धन खर्च भएको देखाइएको छ । यसै सम्बन्धमा गाउँपालिकालाई यतिका धेरै इन्धन कसरी खपत भयो भन्ने प्रश्नमा पालिका स्रोतबाट पाएको हिसाव विवरण यस प्रकारको छ । 

जेसिबी प्रयोमा २१ लाख ९२ हजार 

ज्वालामुखी गाउँपालिकाले गत आर्थिक बर्षमा १६१२ घण्टा जेसिबी प्रयोग गरेर सडक खनेको कारण अघिल्लो बर्षको तुलनामा बढी इन्धन खपत भएको दावी गरेको छ । पालिकाकै दावीलाई मान्ने हो भने पालिकाले हरेक दिन ८ घण्टाको दरले जेसिबि प्रयोग गरेको भए पनि २०० दिन भन्दा बढी सडक मात्र खनेको बुझ्न सकिन्छ । जसको खर्च २१ लाख ९२ हजार ३२० रहेको छ । पालिका प्रमुख दनैका अनुसार यो आर्थिक बर्ष जेसिबीको प्रयोगले सोहि इन्धन प्रयोग गरेर करिव ९ लाख रुपयाँ पालिकालाई आम्दानी पनि भएको छ । पालिकाले इन्धनमा गरेको कुल खर्चमा ९ लाख आम्दानी घट्ने उनले बताए । दनैका अनुसार गत आर्थिक बर्षमा पालिकाले जेसिबीको प्रयोगबाट अघिल्लो बर्ष नगरेका मुख्य सडक मर्मतका साथै सबै वडाका बाटोको नाला खन्ने काम गरेको र नियमित सडक सफा गर्ने काम गरेको कारण खर्च बढेको बताए । 

गाडी प्रयोगमा २२ लाख ९२ हजार

ज्वालामुखी गाउँपालिकामा २ ओटा गाडी प्रयोगमा छन् । पालिकाले दिएको विवरणमा अनुगमनको क्रममा भएको खर्चलाई छुट्टै शिर्षक दिईएको छ । जुन गाडीकै इन्धन खर्च हुन् । पालिकाबाट प्राप्त विवरण अनुसार  ति गाडीले एकै बर्षमा १३,४५० लिटर इन्धन खपत गरेका छन् । प्राप्त विवरण अनुसारनै हिसाव गर्ने हो भने पालिकाका ति गाडीले औशतमा हरेक महिना १ हजार १२३ लिटर इन्धन खपत गरेका छन् । त्यसै हिसावमा दुई वटा गाडीको प्रयोगले प्रति महिना एक लाख ९१ हजार रुपयाँ बराबरको इन्धन खर्च भएको छ । सामान्य हिसाव गर्ने हो भने यदि एउटा गाडीले प्रति लिटर कम्तिमा ५ किलोमिटर मात्र माइलेज दिन्छ भने पनि पालिकाका यी सवारीको इन्धन खर्च अनुसार दैनिक यी दुई गाडीहरुले ३६.९३ लिटर इन्धन खपत गरेको देखाइएको छ । पालिकाबाट प्राप्त विवरण अनुसार अनुगमनको क्रममा ६ लाख ६० हजार ४५० रुपयाँ बराबरको इन्धन खपत भएको छ भने अन्य अवस्थामा यी दुई गाडीले १६ लाख ३२ हजारको इन्धन खपत गरेका छन् । 

मोटरसाइकल प्रयोगमा २२ लाख ८९ हजार 

गाउँपालिकाभर ३२ वटा मोटरसाइकलले पालिकाबाट इन्धन हाल्न पाउँछन् । बर्षभरीमा ३२ ओटा मोटरसाइकलले करिब २२ लाख ८९ हजारको इन्धन खपत गरेको हिसाव देखाइएको छ । यस अनुसार हिसाव गर्ने हो भने एकै मोटरसाइकलले प्रति महिना ६ हजारको इन्धन खपत गरेको देखिन्छ । पालिकाले २६ वटा मोटरसाइकललाई मासिक ३५ लिटरका दरले र ६ वटालाई मासिक २५ लिटरको दरले इन्धन दिने क्रममा बर्षभरी २२ लाख ८९ हजारको इन्धन खर्च भएको जनाएको छ ।

कसरी आयो यत्रो खर्च ? 

स्रोतका अनुसार पालिकाले कार्यपालिकाका केहि सदस्यहरुलाई समेत इन्धन भर्ने कुपन वितरण गरेको, कुपन वितरणमा मितव्ययीता नअपनाईएको, वडा सदस्य समेतलाई पनि इन्धन कुपन दिएको, पालिका प्रमुख र उपप्रमुखले चढ्ने गाडी कर्मचारीहरुले पनि अधिक प्रयोग गर्ने गरेको कारण बिबिध कारण इन्धन खपत बढेको बताइएको छ । यसै सम्बन्धमा गाउँपालिकाका उपप्रमुख धर्म अर्यालले इन्धन खपत कम गर्न प्रयास गरेपनि व्यवहारमा खपत बढेको स्वीकारे । उनका अनुसार अनुगमनको क्रममा ४ सय भन्दा बढी योजनाको अनुगमनमा जाँदा इन्धनको खपत भएको छ । त्यस्तै पालिकालाई आवश्यक पर्ने सामान ओसारपसारमा पनि पालिकाले आफ्नै गाडीको प्रयोग गरेको छ ।

उपप्रमुख अर्याल भन्छन् ‘कसरी त्यत्रो इन्धन खपत भयो भन्ने कुरा प्राविधिक कुरा म जान्दिन तर मैले अनुगमनमा जाँदा बाहेक अन्य अवस्थामा त्यति धेरै गाडीको प्रयोग गर्ने गरेको छैन । पालिका आफ्नै वडामा भएको हुँदा हिडेरै जाने आउने समेत गरेको छु ।’ अर्यालले इन्धनको खपत बढी भएको सम्बन्धमा पालिकाको बैठकमा छलफल गरि घटाउनको लागि बिभिन्न मापदण्ड बनाउन पर्ने बताए । 

यसै सम्बन्धमा गाउँपालिका प्रमुख यमनाथ दनैले आफ्नो व्यक्तिगत सवारी समेत रहेको कारण आफूले गाउँपालिकाको गाडी सरकारी प्रयोजनको लागि मात्र चढ्ने गरेको बताए । उनले इन्धन खपत बढी भएको भन्ने बिषयमा समिक्षा गरि थप मापदण्ड बनाउने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध