2026-10-11 04:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक लाख राशीको आर्थिक पत्रकारिता पुरस्कार प्रयास श्रेष्ठलाई, अर्थचित्र बिमोचन

कात्तिक १९, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा एक लाख राशीको आर्थिक पत्रकारिता पुरस्कार रातोपाटी डटकमका पत्रकार प्रयास श्रेष्ठले प्राप्त गरेका छन् । 

राजधानीको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा तीन आर्थिक पत्रकार पुरस्कृत हुनुको साथै कार्यक्रमको अवसरमा नाफिजको वार्षिक प्रकाशन ‘अर्थचित्र’ जर्नल विमोचन गरिएको छ । नाफिजको वार्षिकोत्सवको अवसरमा ‘प्लानिङ २.०’ थिममा प्रकाशित वार्षिक जर्नलमा ३१ फरक शिर्षकमा अनुसन्धान र विश्लेषणात्मक लेख समेटिएको छ । जर्नलको बिमोचन अर्थमन्त्री डा. प्रकाश शरण महत, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका छाता संगठन नेतृत्वले संयुक्त रुपमा गरे ।

योजना निर्माण कसरी गर्ने भन्ने सुझावसमेत समेटिएको जर्नलले नेपालको योजनामा पुनरावलोकन र क्रान्तिकारी परिवर्तन आवश्यक रहेको औंल्याएको नाफिज अध्यक्ष मोदनाथ ढकालले बताए ।

वार्षिकोत्सवको अवसरमा १ लाख राशीको नेपालकै सबैभन्दा ठूलो आर्थिक पत्रकारिता पुरस्कार ‘शारदादेवी ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ १ जनालाई र ५०–५० हजार राशीको सिबिफिन–नाफिज आर्थिक पत्रकारिता पुरस्कार तथा सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई पुरस्कृत गरिएको छ । १ लाख राशीको पुरस्कार बैंक तथा बीमा विज्ञ रमेशकुमार भट्टराईले आफ्नो मातापिताको नाममा र थप दुई बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको सहकार्यमा प्रदान गरिएको हो ।

१ लाख राशीको शारदादेवी ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार रातोपाटी डटकमका पत्रकार प्रयास श्रेष्ठले प्राप्त गरेका छन् । श्रेष्ठले नेपालमा बनेको यात्री मोटरसाइकल दर्ता नभएको विषयमा समाचार सम्प्रेषण गरेका थिए । स्वदेशी उत्पादन यात्रीलाई राज्यले प्रोत्साहन नगरेको मर्मसहित सम्प्रेषित समाचाले नेपालमा व्यावसायिक वातावरण निर्माण तथा नयाँ व्यवसाय सञ्चालनका सम्बन्धमा देखिएका नीतिगत विषयलाई सम्बोधन गरेका पुरस्कार छनोट समितिको ठहर छ ।

राशीको सिबिफिन–नाफिज बैंकिङ पत्रकारिकता पुरस्कार केटीएम भ्वाइस डटकमका पत्रकार रोयल आचार्य र सिबिफिन–नाफिज आर्थिक पुरस्कार विकासन्युज डटकमका सन्तोष रोकायलाई प्रदान गरिएको छ । पत्रकार आचार्यले सुपर लघुवित्त घोटाला प्रकरणको उजागर गरेका थिए भने रोकायाले भारतीय रुपैयाँले सीमापार व्यापार र अर्थतन्त्रमा पारेको प्रभावको विषयमा समाचार लेखेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रको अवस्था नकारात्मक नभएको बताएका छन् । उनले देशको अर्थतन्त्र सकारात्मक भएको भन्दै निजी क्षेत्र र राज्य सबै मिलेर नयाँ प्रोजेक्टहरु कार्यान्वयनमा लानुपर्ने बताए । उनले भने, ‘नेपालको अर्थतन्त्रको अवस्था त्यस्तो नकारात्मक पाउँदैनौ । निजी क्षेत्र र राज्य सबै मिलेर प्रोजेक्टको कार्यान्वयनमा लाग्नुपर्छ । प्रोजेक्ट सुरु भएको छ, योजना आयोगले बनाएको छ, सरकारले गर्दैछ भनेर दशौं वर्ष एउटै प्रोजेक्टमा लाग्ने होइन, छिटोभन्दा छिटो टुङ्गाउन आवश्यक छ । यसबाट रोजगारीको सिर्जना पनि हुन्छ, अर्थतन्त्र पनि चलायमान हुन्छ ।’

उनले बैङ्किङ् क्षेत्रको कुरा गर्दा विश्वका बैंकहरुमा समस्या आए पनि नेपालमा कुनै बैंकहरु समाप्त हुने अवस्थामा नपुगेको भन्दै बैङ्किङ् व्यवस्था सुरक्षित रहेको बताए । उनले अगाडी भने ‘१२ महिनाको आयात र साढे १० महिनाको आयात तथा सेवाका लागि पर्याप्त सञ्चिति सबल अर्थतन्त्र भएको मुलुकसँग पनि हुँदैन ।’  उनले बजारलाई नियमन गर्न नसकेकाले महँगी नियन्त्रणमा समस्या रहेको दाबी गरे ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले राखेका सुझावहरुलाई सुझावहरु मात्रै भनेर सोचिएको कारणले अहिले अप्ठ्यारो अवस्था आएको बताए । उनले यसलाई समाधान गर्नको लागि सबै पक्षहरु एकै स्थानमा आएर समस्याबाट कसरी बाहिर निस्किन सकिन्छ भनेर सोच्न आवश्यक रहेको जिकिर गरे । 

त्यस्तै कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रले सकारात्मक बाटो पक्रेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालको जमानामा नकारात्मक कुरा बिक्ने भएकाले अर्थतन्त्रलाई लिएर नकारात्मक कुरा आउने गरेको भन्दै तर अर्थतन्त्रले सकारात्मक बाटो पक्रेको दाबी गरे ।

उनले भने, ‘सामाजिक सञ्जालको जमाना छ, नकारात्मक कुरा बिक्छ । त्यसैले नकारात्मक कुरा नै आउँछ । के विश्वास दिलाउन चाहन्छु भने बिस्तारै अर्थतन्त्रले सकारात्मक बाटो पक्रेको छ । अहिले अर्थतन्त्र सकारात्मकतर्फ उन्मुख हुँदै छ । आत्मविश्वास र सकारात्मक सोच आवश्यक छ । सबैले खराब नै खराब छ भन्न थालेपछि जो लगानीकर्ताहरु पनि हच्किन्छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध