2026-10-11 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विश्व बजारमा घट्यो कच्चा तेलको भाउ, साढे २ महिनायताकै न्यूनस्तरमा

कार्तिक २१, लन्डन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेर साढे २ महिनायताकै न्यूनस्तरमा ओर्लिएको छ । विश्वका ठूलो तेल उत्पादक देशहरू साउदी अरब र रुसले तेलको भाउलाई टेवा दिन उत्पादन कटौतीलाई लम्ब्याउने निर्णयको प्रभावलाई चीनबाट आएको मिश्रित आर्थिक तथ्याङ्कले उल्ट्याइदिँदा मंगलबार विश्व बजारमा तेलको भाउ रातोमा आएको हो ।

लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ २ प्रतिशत भन्दा धेरेले घटेर ८३ डलर २५ सेन्टसम्म आएको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ४ः३० बजेतिर ब्रेन्ट क्रुड अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव ८७ प्रतिशतले घटेर प्रतिब्यारेल ८३ डलर ५९ सेन्टमा आएको थियो ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सस इन्टरमिडियटको भाउ २ प्रतिशतभन्दा धेरैले घटेर न्यूनतम प्रतिब्यारेल ७८ डलर ९७ सेन्टमा आएको थियो । यो समाचार तयार पार्दाखेरि डब्ल्यूटीआई फयूचर्स १ दशमलव ७६ प्रतिशतको कमीसहित ७९ डलर ४० सेन्टमा किनबेच भइरहेको थियो । मंगलबार ब्रेन्ट र डब्ल्यूटीआई दुबैको भाउ अगष्टको अन्त्ययताकै न्यून स्तरमा आएका थिए ।

अक्टोबरमा चीनको आयात वार्षिक र मासिक आधारमा बढेको भएपनि निर्यात निर्यात भने अपेक्षाकृत तीव्र गतिमा खुम्चिएको तथ्याङ्कले देखाएको थियो । कच्चा तेलको सबैभन्दा ठुलो आयातकर्ता र दोस्रो ठुलो प्रशोधनकर्ता देश हो चीन । चीनको आर्थिक गतिविधि सुस्ताएको वा सुस्तीको सङ्केतले विश्वको तेल बजार तरङ्गित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध